स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि मनोनयन गर्ने समय नजिकिंदै गर्दा बाकेमा दलहरु ढिलो गरी तातेका छन् । उम्मेदवार चयन गर्नै महाभारत भएपछि दलहरु विना उम्मेदवार नै निर्वाचनका लागि तातेका हुन् । ठूला दल उम्मेदवार छनोटमै रुमल्लिने र मधेस केन्द्रित दल आन्दोलन कि निर्वाचन भन्ने अन्योलतामै रहदा बाकेमा निर्वाचनको अपेक्षित रौनक देख्न सकिएको छैन ।
‘हामी दुई दिनभित्र सबै उम्मेदवारको टुंगो लगाउ“दैछौं’, नेपाली का“ग्रेस बा“केका सभापति किरण कोइरालाले भनिन्, ‘तपाईको टेलिफोन आउनु अगाडी सम्पूर्ण इकाइलाई २४ घण्टाभित्र नाम सिफारिस गर्न निर्देशन दिंदै थिए ।’ कोइरालाका अनुसार, पार्टी केन्द्रले ८ गते भित्र सम्पूर्ण नाम सिफारिस गरिसक्न निर्देशन दिएको हो ।
‘१० गतेभित्र केन्द्रले पनि निर्णय लिइसक्छ’, सभापति कोइरालाले सबैभन्दा चुनौति बनेको नेपालगन्जको उम्मेदवारी शनिबार नै केन्द्र पठाउने जानकारी दिंदै भने । का“ग्रेसले दाबीमा आएका १२ नगरप्रमुख र १० उपप्रमुख सबैका नाम केन्द्र पठाउने भएको छ । ‘जिल्लामा सकिएन, कसैले पनि आफुलाई ब्याक गर्न मानेनन्’, कोइरालाले भनिन्, ‘जिल्लाबाट निर्णय गर्न सकिने स्थिति छैन ।’
नेकपा एमालेले सबै ठाउको नाम सिफारिस गरिसकेपनि प्रदेशबाट निर्णय आउन नसकेको जनाएको छ । ‘करिब करिब उम्मेदवारहरु फिल्डमा खटिएका छन्’, एमाले बा“केका अध्यक्ष अशोक कोइरालाले नेपालगन्जका लागि तीन जनाको सिफारिस गरिएपनि प्रदेशबाट टुंगो लागेर नआउ“दा केही अप्ठयारो भएको बताए । ‘गाउ“पालिकाका हकमा निर्वाचनको सक्रियतामा समस्या छैन’, कोइरालाले भने, ‘नगरपनि सबै सम्भावितहरु पार्टीको नेतृत्वमा प्रचारप्रसारमा सक्रिय
हुनुहुन्छ ।’
एमालेले सम्शुद्दिन सिद्दिकी, दत्त आचार्य र विजय कुमार गुप्ताको नाम प्रमुखका लागि र शान्ति ढकाल, तुल्सा थापा तथा रचना श्रेष्ठको नाम उपप्रमुखमा सिफारिस गरेको छ । का“ग्रेसमा प्रमुखका लागि डा. सुरेश कनोडिया, निजामुद्दिन सिद्दिकी, अच्युत प्रसाई, सुरेन्द्र हमाल लगायतका १२ जनाले लिखित दरखास्त दिएका छन् । उपप्रमुखका लागि उमा थापा सहित १० जनाको नाम छ । ‘सबैको उम्मेदवारहरु प्रचार प्रसारमा एक ढिक्का भएर लाग्नु भएको छ’, कोइरालाले भनिन् ।
नेकपा माओवादी केन्द्रले गाउ“पालिकाको उम्मेदवार टुंगो लगाइसकेको छ । ‘सिफारिस गरिएका उम्मेदवारहरुको टुंगो लागिसकेको छ’, माओवादी केन्द्रका जिल्ला संयोजक आइपी खरेलले दैनिक नेपालगन्जस“ग भने, ‘नेपालगन्ज उपमहानगरपालिकाको सन्दर्भमा पनि १० गतेभित्र टुंगो लागिसक्छ ।’
नेपालगन्जका लागि दामोदर आचार्य, अतहर हुसेन फारुकी, नविन शर्मा, बसन्त लामिछाने लगायतको नाम प्रमुखका लागि र उषा पुन लगायत ३ जनाको नाम उपप्रमुखका लागि सिफारिस गरिएको छ । निर्वाचनमा भाग लिने निर्णय गरिसकेको मधेस केन्द्रित दल, नेपाल लोकतान्त्रिक पार्टीले नेपालगन्जमा सिद्धि महर्जन लगायतको नाम प्रमुखका लागि र उपप्रमुखमा मिसबाहुलहक सहितको नाम छलफलमा ल्याएको छ । ‘संयन्त्र बनाइएको छ जसले उम्मेदवारको टुंगो लगाउ“छ’, पार्टी अध्यक्ष फुलाराम थारुको भनाइ छ ।
संघीय समाजवादी फोरममा मोहम्मद इस्तियाक राई सहित ५ जनाको नाम प्रमुखका लागि दाबी गरिएको छ । संविधान संशोधन भएमात्र निर्वाचनमा जाने अडानमा बसेको राष्ट्रिय जनता पार्टीले मधेस केन्द्रित दलहरुस“गको साझेदारीमा पशुपति दयाल मिश्रलाई उम्मेदवार बनाउने कसरत गरिरहेको छ । ‘इस्तियाक वा पशुपति मध्ये एक जना उम्मेदवार बनाउने कसरत छ’, एक नेताले भने, ‘त्यसो हुन नसके राजपा बाट आदेश अग्रवाल, ललित रौनियार लगायतका दाबेदार सशक्त रुपमा उभिएका छन् ।’
एमालेबाट खजुरामा किस्मत कुमार कक्षपति प्रमुख, एकमाया विक उपप्रमुख, डुडुवामा सकिल अहमद खा“, जानकीमा राम निवास यादव, नरैनापुरमा विक्रम यादव, राप्तीसोनारीमा रामदास थारु, बैजनाथमा चन्द्र चौधरी लगायत नाम प्रचारमा केन्द्रित छन् ।
यद्यपि एक जनामात्रैको नाम सिफारिस गर्न नसकेको एमालेले दुई दिनभित्रै नाम टुङ्ग्याउने जनाएको छ ।
माओवादीबाट कोहलपुरमा नरेन्द्र न्यौपाने, जानकीमा रक्षाराम बर्मा, बैजनाथमा राजमोहन थारु, खजुरामा डम्मर बिक, नरैनापुरमा मेराज खा“, डुडुवामा भोला यादव, राप्तीसोनारीमा पट्टु थारुको नाम टुंगो लगाइसकेको खरेलले जानकारी
दिए । ‘उहाहरु पूर्ण रुपमा प्रचारप्रसारमा हुनुहुन्छ’, खरेलले भने ।
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि जेठ १९ गते उम्मेदवारी मनोनयन दर्ताको मिति तोकेको छ ।
आयोगले जेठ २२ गते उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गर्नेछ । जेठ २२ गते नै दल तथा स्वतन्त्र उम्मेदवारहरुले निर्वाचन चिन्ह प्राप्त गर्नेछन् ।