विरेन्द्रनगर : मेयरमा कांग्रेस अगाडि

प्रदेश ६ को सम्भावित राजधानी शहर विरेन्द्रनगर नगरपालिकामा कांग्रेसले अग्रता लिइरहेको छ ।

जम्मा १६ वडा रहेको विरेन्द्रनगरमा ९ वडाहरुको मतगणना सम्पन्न भैसकेको छ ।

पछिल्लो मतगणना अनुसार, कांग्रेसका देव कुमार सुवेदिको ९३६२ मत रहेको छ । यसैगरी एमालेका बालाराम शर्माले ७९१७ मत प्राप्त गर्नुभएको छ । माओवादीका रत्न गाहाको ३०५० मत रहेको छ ।

उपमेयरमा एमालेका मोहनमाया ढकालले ९२९९ र कांग्रेसका जानकी सिंहको ८९६६ मत रहेको छ ।

हालसम्म एमालेले वडा नं.१ २,४, ८मा विजय हासिल गरेको छ । कांग्रेसले  ३, ५ ७ र ९  वडाहरूमा विजय हासिल गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया