दैलेख : मतगणना सकियो, एमाले पहिलो, माओवादीले खाता खोलेन

नेपालगन्जन्यूज । दैलेखका सबै ११ वटा स्थानीय तहको मतगणना सकिएको छ ।
नेकपा एमालेले ३ नगरपालिका सहित ७ स्थानमा जितेको छ भने नेपाली कांग्रेसले ४ स्थानीय तहमा विजयी भएको छ ।
दैलेखको सदरमुकाम रहेको नारायण नगरपालिकाको मेयरमा एमालेका रत्नबहादुर खड्का र चामुण्डा बिन्द्रासैनी नगरपालिकाको मेयरमा सूर्यबहादुर शाही निर्वाचित भएका छन् । एमालेको तर्फबाट प्रमुख जित्नेहरुमा आठबीस नगरपालिकाबाट खड्गराज उपाध्याय, भगवतीमाई गाउँपालिकाबाट दानबहादुर थापा र महाबु गाउँपालिकाबाट जंगबहादुर शाही रहेका छन् । भैरवी गाउँपालिकाबाट प्रेमबहादुर बुढा र ठाँटीकाँध गाउँपालिकाबाट धीरबहादुर शाहीले एमालेको तर्फबाट प्रमुखमा विजयी भएका छन् ।
दैलेखमा कांग्रेसले १ नगरपालिका सहित ५ गाउँपालिकामा जितेको छ । कांग्रेसको तर्फबाट दुल्लु नगरपालिकाको मेयरमा घनश्याम भण्डारीले जितेका छन् ।
कांग्रेसले जितेका गाउँपालिकाका अध्यक्षहरुमा डुङ्गेश्वर गाउँपालिकाबाट नगेन्द्रबहादुर मल्ल, नौमूले गाउँपालिकाबाट भदे भविराम बुढा र गुराँस गाउँपालिकाबाट खेमराज ओली रहेका छन् ।
दैलेखमा ११ स्थानीय तह अन्तर्गत रहेका जम्मा ९० वडामध्ये ५४ मा एमाले, ३३ मा कांग्रेस, २ वडामा नेमकिपा र १ वडामा राप्रपाका वडा अध्यक्ष विजयी भएका छन् । माओवादी केन्द्रले भने कुनै पनि वडा जित्न सकेन ।

प्रतिक्रिया

प्रतिक्रिया