नेपालगन्जमा ‘साईबाई हब’

हिमालयन क्लाइमेट इनिसिएटिभले नेपालगन्जमा शाखा सोसल इनोभेसन एण्ड विजनेस इकयुवेसन (साईबाई हब) कोे स्थापना गरिएको छ । विहीवार औपचारिक कार्यक्रम बीच, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले साईबाई हब कार्यालय उद्घाटन गरेका हुन् ।

विगत ६ बर्ष यता विभिन्न उद्यममुलक दिगो सामाजिक कामहरु सञ्चालन गर्दैै आएको हिमालयन क्लाइमेट इनिसिएटिभले पश्चिम नेपालका विभिन्न क्षेत्रमा काम गर्न शाखा विस्तार गरेको जनाएको छ ।

हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसिआई) का पश्चिम नेपाल शाखाका प्रमुख अवध शर्माले नेपालगन्जमा सुरु गरिएको साईबाई हब जर्मन सरकारको अर्थ मन्त्रालय अन्तर्गतको जर्मन विकास नियोगको साझेदारीमा सुरु गरिएको जानकारी दिए ।

सुरुवातमा बाँके, बर्दिया, दाङ्ग, सुर्खेत, कैलाली र प्युठानमा आफ्ना परियोजनाहरु सञ्चालन गर्दै आएको नेपालगन्ज स्थित साईबाई हबले उल्लेखित जिल्लाहरुका युवासँग राष्ट्रिय स्वयंसेवा कार्यक्रम मार्फत सहकार्य गर्दै विभिन्न सामाजिक परियोजनाहरु सञ्चालन गर्ने बताइएको छ । उनका अनुसार, राष्ट्रिय स्वयंसेवा कार्यक्रम नेपाल सरकार, राष्ट्रिय योजना आयोगसँगको साझेदारीमा एचसिआईद्वारा सञ्चालित संयुक्त कार्यक्रम हो ।

शाखा शुभारम्भ गर्दै राष्ट्रिय स्वयंसेवा नेपालका सद्भावना दुत समेत रहेका प्रमुख अतिथि, पारस खड्काले सन् २०३० सम्ममा मुलुकभर एकलाख भन्दा बढी युवा स्वयंसेवकहरुको सञ्जाल निर्माण गरी समाजिक सद्भाव फैलाउने काममा सक्रिय रुपमा लागि पर्ने बताए । भयो । त्यसअघि राष्ट्रिय स्वयंसेवा नेपालका सचिन तिमिल्सिनाले ३८ जिल्लामा रहेका १२ हजार स्वयम्सेवकको संख्या २०३० सम्म १ लाख पु¥याइएने र त्यसका लागि देशैभरी पुगिने घोषणा गरे ।

उद्यमसिलतामा लाग्न चाहने युवाहरुलाई साईबाई हबले विभिन्न सेवा तथा सहायताहरु उपलब्ध गराउने भएकाले मुलुकका प्रतिभाशाली युवाहरुको जमातलाई सहज हुने अपेक्षा क्रिकेट कप्तान खड्काको थियो ।
कार्यक्रममा नेपाल व्याङकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले वैङक तथा वित्तिय संस्थाहरु समेत नयाँ उद्यमशीलताका अवधारणाहरुमा सहयोग गर्न तत्पर रहेको बताए ।

मेगा बेंकका प्रमुख कार्यकारी समेत रहेका शाहले नेपालका सामाजिक समस्याहरुको समाधानकालागि युवाहरुको सामाजिक उद्यमशीलतामा हातेमालो गर्न आफु सदैव तयार रहेको प्रतिबद्धता जनाए ।
जर्मन विकास नियोग नेपालका इन्क्लुड जिल्लाहरुमा निमित्त प्रमुख प्राविधिक सल्लाहकार रोशन श्रेष्ठले विभिन्न उद्यमशीलताका अवधारणाहरु लाई विकास गर्दै समावेशी तथा हरित उद्यमहरुको विकासका लागि तराईका जिल्लाहरुमा सहयोग गर्ने जानकारी दिए । उनले एचसिआई सँगको सहकार्यले हरित उद्यमहरु मार्फत युवाहरुलाई रोजगारी सिर्जना गर्न समेत सघाउ पुग्ने विश्वास व्यक्त पनि गरेका थिए ।
एचसिआईका पश्चिम नेपाल शाखाका प्रमुख अवध शर्माले युवाहरुले आफ्नो दैनिक जिवनमा आईपर्ने समस्याहरुलाई उद्यमशीलता बाट समाधान गर्न विभिन्न वैकल्पिक योजनाहरु तयार गर्ने हबको रुपमा साईबाई हब रहेको जानकारी गराए । शर्माका अनुसार, एच.सि.आई युवाद्वारा सञ्चालित नेपाली गैर नाफामूलक संस्था हो ।

सन् २०११ मा स्थापना भएको एच.सि.आईले काठमाडौमा सञ्चालन गर्दै आएको सोसल इनोभेसन एण्ड बिजनेस इन्क्यूबेसन हब (साईबाई हब ) अन्तर्गत १२ वटा सामाजिक उद्यमशीलताका पहलहरु सञ्चालन भइरहेको शर्माले बताए ।

साईबाई हबको समुद्घाटनका क्रममा विहीवार नै ५० जना विद्यार्थीहरुलाई सद्भाव छात्रवृत्ति प्रदान गरिएको छ । २५ जना मुक्त कम्लरीहरु र अन्य मुस्लिम समुदाय लगायतका बालबालिकालाई छात्रवृत्ति हस्तान्तरण गर्दै वैकर्स संघका अध्यक्ष अनिल शाहले आफ्नो तर्फबाट २० जना बालबालिकालाई सद्भाव छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा साईबाई हबका स्वयम्सेवा प्रवन्धक आकाश ठाकुर, ग्रीन एण्ड क्लीन नेपालगन्जका अभियन्ता डा. विनोद कर्ण, मुस्लिम चेतना केन्द्रका अध्यक्ष मो. शेर वागवान, मुक्त कम्लही विकास मन्चका अनिता चौधरी लगायतले आफ्ना धारणा पनि राखेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया