अनाधिकृत भुक्तानी भएको छैन : लेखापाल

पछिल्लो समय आर्थिक अनियमितताको विषयमा चर्चामा रहँदै आएको बाँके नरैनापुर गाउँपालिका वडा नं.६ स्थित जय किसान माध्यमिक विद्यालयका लेखापाल रामवरन मौर्य विद्यालयको खाताबाट कुनै अनाधिकृत रकम निकासा नभएको दावी गरेका छन् ।


नेपालगन्ज न्युजको कार्यालयमा विभिन्न निर्णयको प्रतिलिपी, बैंक विवरण सहित लिखित पत्राचार गरेर लेखापाल मौर्यले आफु विरुद्ध केहि ब्यक्तिहरु नियोजित रुपमा लागेका कारण अनावश्यक बद्नाम गर्न खोजिएको उल्लेख गरेका छन् ।


उच्च अदालत नेपालगन्ज तुलसीपुर इजलासमा विचाराधीन रहेको विद्यालय माथिको मुद्दा पुर्पक्ष गर्न र अधिवक्ताहरुलाई पारिश्रमिक तथा खाजा नास्ताका लागि विद्यालय ब्यवस्थापन समितिको २०८०।०२।३० गतेको बैठकले गरेको निर्णय अनुसार ५० हजार रुपैयाको भुक्तानी भएको हो, लेखापाल मौर्यले प्रेषित गरेको पत्रमा उल्लेख छ ।


पत्रमा नरैनापुर ६ बस्ने नन्द किशोर धोबीलाई कार्यालय सहायकमा र अवधेश कुमार मौर्यलाई अध्यक्ष अम्बरलाल मौर्यले मनोमानी ढंगले भर्ना गरि तलब दिन दवाव दिएको र मैले भुक्तानी नगर्दा अनर्गल रुपमा मेरो विरुद्ध प्रचारबाजी गरेको आरोप पनि लेखिएको छ ।


साथै नेपाल राष्ट्रिय आधारभूत माध्यमिक विद्यालय नरैनापुर ६ जमुनीमा २०७९ साल माघ महिनामा शिक्षक भर्नाका स्थानीय शिव कुमार मौर्यले एक लाख पचास हजार रुपैया घूस दिएको विषयमा सत्य नरहेको पत्रमा उल्लेख गरिएको छ ।


अध्यक्षको भनाई नमानेकै कारण मलाई टार्गेट गरिएको छ, पत्रमा भनिएको छ, अनाधिकृत रुपमा भर्ना गरिएको २ जना कर्मचारीको तलब नदिँदा विवाद उत्पन्न भएको हो ।
हेर्नुस्, पत्र जस्ताको तस्तै

प्रतिक्रिया

प्रतिक्रिया