नेपालगन्जमा ‘ख्वाजा फुड’

नेपालगन्जमा लखनउको स्वाद उपलब्ध गराउने भन्दै ‘ख्वाजा फुड सेन्टर’ सञ्चालनमा ल्याइएको छ ।

पूर्व मन्त्री मो. इस्तियाकराई र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले सुर्खेतरोडमा ख्वाजा फुडको शुभारम्भ गरेका हुन् ।


‘सहुलियत दरमा लखनउको स्वाद उपलब्ध गराउने गरी सेवा शुभारम्भ गरेको छु’, ख्वाजा फुडका सञ्चालक नियाज अहमद शाहले १० लाख बढी लागतमा सुरु गरिएको रेष्टुरेन्टबारे जानकारी दिंदै भने, ‘भेज, ननभेज सबै खालका स्वाद पस्किने व्यवस्था मिलाएका छौं ।’

प्रतिक्रिया

प्रतिक्रिया