आठौंराष्ट्रिय लोकदोहोरी अवार्ड– २०८०

काठमाडौं, ८ असोज

विभिन्न २४ विधामा अवार्ड प्रदानगरिने:
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड– २०८० को आयोजना गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उपत्यका समन्वय समितिले कार्यक्रम आयोजनाबारे जानकारी गराएको हो ।कार्यक्रमआगामीअसोज ११ गते राष्ट्रिय नाचघर जमलमाहुनेछ । उक्त अवार्ड २४ वटा विधामावितरण गरिने बताइएको छ । साथै, दीर्घ साधना सम्मानलगायत आठ अन्यविभिन्न विधामा पनि सम्मान प्रदान गरिने बताइएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिकाअध्यक्षअर्जुन थापा मगरले अवर्ड समग्र दोहोरी क्षेत्रसँग सम्बन्धितव्यक्तित्वहरुलाई प्रदानगरिने बताए । उपत्यका समन्वय समितिले विभिन्न आठ वटा विधामा सम्मानित हुने व्यक्तित्वहरुको नामसमेत सार्वजनिक गरेको छ । समन्वय समितिले नगद राशीसहितलाईफ टाइम एचिभमेन्ट सम्मान कृष्ण सुधा ढुंगानालाई नगद राशीसहितप्रदानगर्ने बताएको छ । त्यसैगरी, संस्थागतश्रष्टा सम्मानबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष पुरुषोत्तमन्यौपानलेलाई प्रदानगरिने बताइएको छ । लोक गीतको क्षेत्रमा दश वर्ष सम्मकोे योगदान र सफलतालाई सम्मानगर्दै एकनारायण भण्डारी दशक श्रष्टा सम्मान प्रदान गरिने अध्यक्षथापा मगरले बताए ।

लोक संगीतलाई माथि उठाउनका लागि योगदानदिएका राजकुमार रायमाझीलाई लोकपत्रकारिता सम्मानप्रदानगरिने भएको छ । सदावहार लोक गीतमा ‘बाबरी फूलको बोट’ गीतलाई सम्मानप्रदानगरिने अध्यक्षथापामागरले बताए । त्यसैगरी, लोकदोहोरी कलाकार साँझ सम्मान (नगद राशीसहित) कृष्ण आँशुलाई र लोकदोहोरी उपत्यका विशिष्ट सम्मान समाजसेवी सपना रोकालाई प्रदानगरिने बताइएको छ । लोकदोहोरी अवार्ड विशेष सम्मानशिवहमाललाई प्रदानगरिने बताइएको छ ।

कार्यक्रममाराष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान केन्द्रीयकार्यसमितिकापूर्व अध्यक्षएवं उपत्यका समन्वय समितिकाप्रमुख संरक्षक दुर्गा रायमाझी, पूर्व अध्यक्षवरिष्ठ गायकचन्द्र शर्मा, कोषाध्यक्ष अमृत अधिकारी, सदस्यएवं उपत्यका समन्वय समितिकानिवर्तमानअध्यक्ष सुजन लम्साल सहसचिव राजकुमार रायमाझी, वरिष्ठ अभिनेता सुदर्शन आयार्य, उपत्यका समन्वय समितिकासंरक्षक सुवास खड्का, लोक सञ्चारकर्मी नेपालमाउपाध्यक्षचन्द्रमणि गौतम लगायतको सहभागिता रहेको थियो ।

–रिपोर्टर्स नेपाल

प्रतिक्रिया

प्रतिक्रिया