तिनकुनेमा सुकुम्बासीले बस्ती खाली गर्न थाले, बागमती किनार खाली गरिँदै

काठमाडौंको तिनकुने गैरिगाउँस्थित बागमती नदी किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले आज (शनिबार) बिहानदेखि आफ्नो सरसामान सार्न थालेका छन्।

झिसमिसेबाटै वर्षौंदेखि बसोबास गर्दै आएका घरटहराबाट उनीहरू स्वेच्छाले बस्ती खाली गर्न थालेका हुन्। धेरैजसो परिवारले आफ्ना आवश्यक सामान निकालेर अन्यत्र जाने प्रक्रिया सुरु गरिसकेका छन्।

सरकारले काठमाडौं उपत्यकाभित्रका नदी किनारमा रहेका अव्यवस्थित तथा अतिक्रमित बस्तीहरू हटाउने निर्णयअनुसार शनिबार र आइतबार दुई दिनको अभियान सञ्चालन गर्ने तयारी गरेको छ। सोही तयारीसँगै तिनकुने क्षेत्रका बासिन्दा आफैं बस्ती खाली गर्न थालेका हुन्।

यस कदमसँगै बागमती किनारको अतिक्रमण हटाउने सरकारी प्रयासले तीव्रता पाएको देखिएको छ, भने प्रभावित बासिन्दाको व्यवस्थापन कसरी गरिने भन्ने विषयमा चासो पनि बढ्दै गएको छ।

प्रतिक्रिया

प्रतिक्रिया