बाघको छालासहित एक जना पक्राउ

प्रहरीले बाघको छालासहित कपिलवस्तुमा एक जनालाई पक्राउ गरेको छ ।


विशेष सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले बुटवल उपमहानगरपालिका-५ गोलपार्कका ४१ वर्षीय विष्णुप्रसाद भट्टराईलाई कपिलवस्तुबाट नियन्त्रणमा लिएको हो ।

करुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टरको बाहिरी बरण्डामा शंकास्पद अवस्थामा उभिएका भट्टराईलाई खानतलासी गर्दा सेतो प्लाष्टिकको बोरामा पाटे बाघको छाला भेटिएको प्रहरीले जनाएको छ ।

उक्त छालाको लम्बाइ ६ फिट  छ ।
प्रहरीका अनुसार, चारवटा दाह्रा, चारै खुट्टाको पंजाका नङ्ग्रा सहित फेला पारिएको छालामा गोली लागे जस्तो देखिने तीन वटा सानो प्वाल छ ।

प्रतिक्रिया

प्रतिक्रिया