अलबिदा हाजी साहेब

संविधान सभा सदस्य अब्दुल हमिद सिद्दिकी (भोला) को हृदयघातले निधन भएको छ।

छातीमा असहज भएपछि आफै रिक्सा चढेर अस्पतालतर्फ गएका हाजी भोला अस्पताल नपुग्दै अवस्था असहज भएर गम्भीर अवस्थामा पुगेका थिए । पारिवारिक स्रोतका अनुसार, अस्पताल पुगिसक्दा अत्यन्तै गम्भीर भएका उनको केही बेरमै गएराती १०:३० बजेतिर निधन भएको हो ।

बाँकेको मुस्लिम समुदायमा निकै उच्च छवि बनाएका उनी नेपाली काङ्ग्रेसका जिल्ला स्थित प्रभावशाली नेता पनि हुन् ।

नेपाली कांग्रेसका नेता संविधान सभा सदस्य अब्दुल हमीद सिद्धिकी को असामयिक निधन को खबरले दुखि बनायो, काङ्ग्रेस बाकेका सचिब सुधान्शु कोइरालाले नेपाली कांग्रेसले एउटा होनहार र इमानदार सिपाही गुमाएको प्रतिक्रिया दिदै भनेका छन्, उहाँको स्वर्गमा बास होस् ।
आज ४:०० बजे अन्त्येष्टि हुने जानकारी उनले दिए ।

प्रतिक्रिया

प्रतिक्रिया