लुम्बिनी प्रदेशमा १ हजार ३ सय ८२ जना पीडित

समाचारदाता

दैनिक नेपालगन्ज

इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जको आयोजनामा नेपालगन्जमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ सार्वजनिकीकरण गरिएको छ । कार्यक्रममा सन् २०२० को मानव अधिकार अवस्था विषयक अन्तरक्रिया समेत गरिएको थियो । उक्त अवसरमा इन्सेककले लुम्बिनी प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १ हजार ३ सय ८२ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को सार्वजनिकीकरण बाँके जिल्ला अदालतका न्यायाधीश मनकुमारी जि एम विकले गरेकी थिइन् । प्रमुख अतिथिको आसनबाट बोल्दै न्यायाधीश मनकुमारी जिएम विकले अहिले पनि धेरै महिलाहरू आफ्नो अधिकारबाट बञ्चित रहेको बताउँदै मानव अधिकार वर्ष पुस्तकले समग्र मानव अधिकार अवस्थाको बारेमा अध्ययन गर्न अवसर सृजना गरेको बताएकी थिइन् । हरेक मानवले मर्यादित रुपमा समाजमा बाँच्न पाउनु पर्नेमा जोड दिदै न्यायधीश बिकले अपाङ्गता भएका, दलित महिला बढी मात्रामा पीडित र न्यायको पहुँचबाट बन्चित हुने गरेको भन्दै जातिय बिभेदका घटना बाहिर ल्याई दलित समुदाय लगायत सबैको मानव अधिकार संरक्षणमा लागि सबैले प्रतिवद्धता जनाउनु पर्नेमा जोड दिइन् ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालयका प्रमुख भोला महतले प्रदेशको मानव अधिकारको अवस्था र तथ्याङ्कका साथै प्रदेशका प्रमुख सरोकारका विषयहरू, कोभिड १९ को सङ्क्रमण र मानव अधिकारको अवस्था, बाल अधिकार, महिला अधिकार, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, गिरफ्तारी, कारागारको अवस्था र नवलपरासी र कपिलवस्तुका उखु किसानका समस्या प्रस्तुत गरेका थिए ।

इन्सेकद्वारा सार्वजनिक गरिएको तथ्याङ्कमा लुम्बिनी प्रदेशमा सन् २०२० मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार ३ सय ८२ जना पीडित भएको उल्लेखित छ । जसमा गिरफ्तारी घटनामा ९१ जना, महिला अधिकार उल्लङ्घनका घटनामा ८ सय ८४ जना, हत्याका घटना अन्य पक्षबाट ४१ जना र बाल अधिकार उल्लङ्नका घटनामा २ सय ८० जना पीडित भएका छन् । जसमध्ये २ सय ५८ जना बालिका बलात्कार तथा यौन दुव्र्यवहारबाट र १ सय ५७ जना महिला बलात्कार र बलात्कार प्रयासबाट पीडित भएको तथ्याङ्क वर्ष पुस्तकमा रहेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख झङ्कर बहादुर रावलले इन्सेकले उठान गर्दै आएका विषयहरू महत्वपुर्ण रहेको बताउँदै मानव अधिकार वर्ष पुस्तक आयोगका लागि पनि रिफ्रेन्सको रुपमा रहँदै आएको बताएका थिए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले मानव अधिकार उल्लङ्घनका कार्य रोक्नको लागि सबैको सहकार्य आवश्यक रहेको बताए । वर्ष पुस्तकले सरकारी निकायहरूलाई समेत प्रतिबद्धता स्मरण गराउन भूमिका खेलेको भनी सहायक प्रजिअले उपाध्यायले बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बार एशोसिएसनका उपाध्यक्ष सुनिलकुमार श्रेष्ठले इन्सेकद्वारा प्रकाशित हुदै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकमा समट्ने घटनाहरू हालसम्म अन्य निकायले अभिलेखिकरण नगरेको बताए । संघीय प्रतिनिधि सभाका सचिव एवं इन्सेकका साधारण सदस्य गोपालनाथ योगीले इन्सेक मानव अधिकारको क्षेत्रमा काम गर्ने अग्रणी संस्था भएको बताउँदै यसले गर्ने अभिलेख विभिन्न संघ संस्था व्यक्तिहरूले सन्दर्भ सामग्रीका रुपमा प्रयोग गर्ने गरेको बताएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारकर्मी बसन्त गौतमले मानव अधिकार उल्लंघनका घटनाका कमि आएता पनि अझै पनि आम नागरिकले आधारभुत मानव अधिकारको उपभोग गर्न नपाएको बताए । इन्सेकले मानव अधिकारका पुस्तकमा अन्य अधिकारका साथै अपराध अनुसन्धानका क्रममा हुने मानव अधिकार उल्लघंन र उपभोक्ता अधिकारका सवाललाई पनि समावेश गर्न सुझाव दिए ।

इन्सेकका कार्यक्रम अधिकृत बिनोद पाण्डेले संचालन गरेको कार्यक्रममा मानव अधिकार एलाइन्सका सुरेश कुमार गौतम, नेपालगन्ज उच्च बारका अध्यक्ष बिकाश आचार्य, बाँके जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष जनक बहादुर शाही, अधिकारकर्मी मैमुना सिद्धिकीले बर्षभरि भएका मानव अधिकार उल्लघंन र ज्यादतीका घटनाको अभिलेकरणका कारण मानव अधिकारको क्षेत्रमा इन्सेकले छुटै पहिचान बनाएको चर्चा गर्दै मानव अधिकार संरक्षणमा राज्यका निकाय जिम्मेवार बन्नु पर्नेमा जोड दिएका थिए ।

पुस्तक सार्वजनिकीकरण कार्यक्रममा २०२० को उत्कृष्ट जिल्ला प्रतिनिधिको रुपमा इन्सेक पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनालाई प्रमुख अतिथि बाँके जिल्ला अदालत न्यायाधीश मनकुमारी जि एम विकले ७ हजार नगद, ट्रफी, सम्मान पत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।

इन्सेकले गरेको अभिलेख अनुसार सन् २०२० मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ५ हजार ५ सय ४३ जना पीडित भएको जनाइएको छ ।

सन् २०१९ मा यस्ता घटनामा ६ हजार ७ सय ४२ जना पीडित भएको अभिलेख राखेको इन्सेकले जनाएको छ । सन् २०२० मा मानव अधिकार उल्लङ्घनका घटनामा ५८ महिला र ६ सय १७ पु?ष गरी जम्मा ६ सय ७५ जना तथा ज्यादतीका घटनामा एक जना तेस्रो लिङ्गी, ४ हजार २ सय ७१ जना महिला, ५ सय ९५ जना पु?ष र एक जना नखुलेकोसमेत गरी ४ हजार ८ सय ६८ जना पीडित भएका इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले बताए ।

यस वर्ष राझय पक्षबाट सात जना पुरुष तथा अन्य पक्षाबाट एक जना तेस्रो लिङ्गी, १ सय ५८ जना महिला र १ सय ८४ जना पुरुष गरी ३ सय ४३ जनाको हत्या भएको इन्सेकले जनाएको छ ।

यो वर्ष यातनाका घटनाका घटनामा नौ जना, गिरफ्तारीका घटनामा ३ सय ७० जना, जातीय विभेदका घटनामा ४८ जना, अमानवीय व्यवहारका घटनामा २५ जना, अभिव्यक्ति भेला तथा सङ्गठित हुने अधिकारमा ९४ जना र धम्कीका घटनामा २५ जना र कुटपिटका घटनामा ३ सय २० जना पीडित भएकोे इन्सेकले जनाएको छ ।

‘सन् २०२० मा महिलामाथि हुने हिंसाका घटनामा २ हजार ६ सय ६ जना र बाल अधिकार उल्लङ्घनका घटनामा १ हजार ४ सय ६१ जना बालबालिका पीडित भएको अभिलेख इन्सेकले गरेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया