मारवाडी युवा बीच क्रिकेट

मारवाडी युवा मञ्च नेपालगन्जले आफ्ना सदस्यबीच मैत्रीपूर्ण क्रिकेट आयोजना गरेको छ । चार वटा छुट्टाछुट्टै टिम बनाएर गरिएको मैत्रीपूर्ण खेलमा जय अम्बे वरियर्स टिम विजयी विजयी भएको छ ।

युवा मञ्चका सदस्यहरुले आठ÷आठ जनाको टिम बनाएर मैत्रीपूर्णमा उत्रिएका हुन् । दिनेश शर्माको कप्तानीमा जय अम्बे वरियर्स उत्रिएको थियो । पहिलो खेलबाट जय अम्बे वरियर्स र त्रिशक्ति रकर्स फाइनलमा पुगेको थियो । जय अम्बेले पाँच रनले विजयी हुन सफल भएको हो ।

रमेशचन्द्र गोयलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा मारवाडी महिला मञ्चका पदाधिकारी, मारवाडी सेवा परिषद्का पदाधिकारी तथा मारवाडी युवा मञ्च भैरहवा, पोखरा र धनगढीका पदाधिकारीहरुको समेत सहभागिता भएको कार्यक्रम संयोजक दिपक अग्रवालले जानकारी दिए ।

कार्यक्रमको संयोजन निखिल अग्रवाल, गौरव डागा, अभिशेष जैनले गरेको राजिव तलङ्गाले जानकारी दिए ।

प्रतिक्रिया

प्रतिक्रिया