उपभोक्ताको हित संरक्षणमा मञ्चले सक्रियता बढाउने

आम उपभोक्ताको हित संरक्षणमा उपभोक्ता हित संरक्षण मञ्चले सक्रियता बढाउने भएको छ । प्रदेश राजधानी दाङ्गको भालुवाङ्गमा भएको मञ्चको लुम्बिनी प्रदेश समितिको बैठकले यस्तो निर्णय गरेको प्रदेश संयोजक तेज कुमार पाठकले जानकारी दिए ।

संबिधान र ऐन कानूनले उपभोक्ता अधिकारको सुनिश्चितता गरेको भए पनि अझै पनि आमउपभोक्ताले गुणस्तरिय बस्तु तथा सेवा पाउन नसकेको बैठकउले निश्कर्ष निकालेको छ । उपभोक्ता हित संरक्षणमा तिन तहका सरकारले उचित जिम्मेवारी बहन गर्न नसक्दा आम उपभोक्ता ठगिनु परेको बारेमा बैठकमा चर्चा गरिएको थियो । नियमनकारी निकायको झाराटराई कामले बजारमा बेथिति बढेको भन्दै बैठकका सहभागीले उपभोक्ता हितका मञ्चले प्रभावकारी भुमिका खेल्नु पर्नेमा जोड दिएका थिए ।  

कोभिड संक्रमणको अवस्थामा पनि उपभोक्ताको अधिकार संरक्षणका लागी मञ्चले सरकारी निकायसंगको समन्वयमा बजार अनुगमनको कार्य गरेको, अनियमितता र कालोबजारी बिरुद्ध जिम्मेवार निकायलाई जवाफदेही बनाउन मञ्चले महत्वपुण भुमिका खेलेको मञ्चका केन्द्रिय सदस्य अधिवक्ता वसन्त गौतमले बताए ।  

मञ्चका लुम्बिनी प्रदेश संयोजक तेज कुमार पाठकको अध्यक्षता र सचिव दुर्गा गौतमले संचालन गरेको बैठकका सहभागीहरुले आ¥आफ्नो जिल्लाको प्रतिवेदन प्रस्तुत गरेका थिए । यस क्रममा बैठकका सहभागीहरुले बजारको बेतिथि र उपभोक्ता ठगिका घटनाले निरन्तरता पाईरहे पनि जिम्मेवार निकायले प्रभावकारी भुमिका निर्भाह गर्न नसक्दा उपभोक्ता मारमा परेको बताएका थिए । बिगतमा भएका कायहरुको समिक्षा, स्थानिय तहमा उपभोक्ता हित संरक्षण सम्बन्धी कानून निमार्ण र उपभोक्ता हित संरक्षणको गठनमा जोड दिने निर्णय गरिएको मञ्चका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभात कुमार ठकुरीले बताए । मञ्च बैठकमा उपभोक्ता हितका लागी सरकारी निकायलाई जिम्मेवारी बोध गराउने, जिम्मेवार निकायलाई उपभोक्ताका पक्षमा जवाफदेही बनाउनका लागी पहल गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकमा सबै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र बाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुखलाई निरिक्षण अधिकारी तोकेको अवस्थामा उनीहरुले जिम्मेवारीपुर्वक भुमिका ननिभाएको, स्थानिय तह उपभोक्ता हित संरक्षणका लागी संबेदनसिल नभएको परिप्रेक्ष्यमा मञ्चले दवावमुलक कार्यक्रम गर्न जरुरी रहेको बैठकले ठहर गरेको मञ्चका लुम्बिनी प्रदेश सचिव दुर्गा गौतमले बताए । भावी दिनमा मञ्चले संगठन बिस्तार र स्थानिय तहमा उपभोक्ता हित सम्बन्धी कानून र समिति निर्माणमा जोड दिने गौतमले भने । बैठकले डिआए घिमिरेलाई सल्लाहकार संयोजकमा मनोनयन गर्ने निर्णय गरेको थियो ।


उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय उपाध्यक्ष केशव शर्मा, केन्द्रिय सदस्य बसन्त गौतमको सहभागीता रहेको बैठकमा लुम्बिनी प्रदेशका संयोजक तेज कुमार पाठक, उपाध्यक्ष प्रभात कुमार ठकुरी, सचिव दुर्गा गौतम, कोषाध्यक्ष ऋषि आजाद, सदस्यहरु सरस्वती ढकाल, चिन्तामणि पौडेल र धनञ्जय पौडेल र सल्लाहकार डिआर घिमिरेको उपस्थिति रहेको थियो ।
कार्यक्रममा केन्द्रिय सदस्य वसन्त गौतमले उपभोक्ता हित संरक्षणका लागी मञ्चले जिम्मवार निकायलाई जवाफदेही बनाउन, बजार अनुगमनको कार्यलाई प्रभावकारी बनाउन र आगामी दिनमा मञ्चको भुमिकालाई हस्तक्षेपकारी बनाउन संक्रियतापुर्वक लाग्नु पर्नेमा जोड दिएका थिए ।
यसै गरि मञ्चका उपाध्यक्ष केवश शर्माले मञ्चले स्थानियतहसम्म पुगी उपभोक्ताको हितको पक्षमा काम गर्नु पर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया

प्रतिक्रिया