नेपालगन्ज रंगशाला प्रवेश नाका नै जीर्ण

अहिले नबनाए कहिले बनाउने ?

रामु ओली


अबको केही दिनमा नेपालगन्ज रंगशालामा भव्य खेलकुद महोत्सवको आयोजना हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने निश्चित भएको आठौं राष्ट्रिय खेलकुदको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम बनाइएको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीमात्र होइन आठौं राष्ट्रिय खेलकुद आयोजनाको साता नेपालगन्जमा देशभरिबाट हजारौं खेलाडी, अफिसियल, पत्रकार, खेलप्रेमीको जमघट हुने कार्यक्रम छ । ‘ठुलो संख्यामा देशभरबाट खेलाडी र खेलसम्बद्धहरुको नेपालगन्जमा आगमन हुँदैछ,’ राखेपका प्रेस सल्लाहकार समेत रहेका आठौं राष्ट्रिय खेलकुदका प्रचार संयोजक रोहित दाहालले दैनिक नेपालगन्जसँग भने, ‘देशभर नेपालगन्जले कस्तो सन्देश पु¥याउने भन्ने राम्रो अवसर हो ।’
आठौं आयोजनाको मुख्य स्थल नेपालगन्ज रंगशाला र यससँग जोडिएर बाँके जिल्लामा मात्रै ५० करोड बढीको खेल पूर्वाधार निर्माण भैरहेको छ । त्यसको आधा बढी रकम नेपालगन्ज रंगशालाकै सेरोफेरोमा खर्च भएको छ । अन्तर्राष्ट्रिय स्तरको खेल मैदान, रंगशाला, पौडी पोखरी, कबर्ड हल लगायतका संरचनाले नेपालगन्ज प्रदेश ५ कै खेल पूर्वाधारको धनी सहर बनिसकेको छ ।


तर, विडम्वना नेपालगन्ज रंगशालाको मुख्य प्रवेश मार्गको दुर्दशामा कसैको ध्यान नपुगेको जस्तो देखिन्छ । त्रिभुवन चोक नजिक नगर भवन हुँदै रंगशालाको मूल गेट पुग्ने बाटो जीर्ण छ । त्यस्तै, मुलगेटबाट उत्तर हुँदै जिल्ला समन्वय समितिसम्म पुग्ने बाटोको स्थिति पनि उस्तै छ । एमपी स्कुलदेखि रंगशाला प्रवेशका लागि रहेको गल्लीको दुर्दशा झन् पीडादायक छ ।
‘सिङ्गो देशको खेलकुद नेपालगन्जमा भैरहँदा यसले आफुलाई देशभरी असल परिचय दिनुपर्छ भनेर तीन महिनाअघि देखि नेपालगन्ज उपमहानगरपालिकालाई पटकपटक पत्राचार गरिरहेका छौं’, क्षेत्रीय खेलकुद विकास समिति, नेपालगन्जका अध्यक्ष भीम ओलीले दैनिक नेपालगन्जसँग भने, ‘नेपालगन्ज रंगशाला वरिपरिका सडक अहिले नबनाए कहिले बनाउने ?’ अध्यक्ष ओलीले नेपालगन्ज उपमहानगरपालिकाले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्राथमिकतामा नराखेको कुराबाट निकै चिन्तित भएर पत्राचार गरिएको जानकारी दिंदै भने, ‘रंगशाला भित्र जति सिंगारिए पनि प्रवेश मार्ग नै गतिलो भएन भने कसरी राम्रो सन्देश जान्छ रु’ नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा। धवल समशेर राणाले खेलाडी, अफिसियल लगायतको प्रवेशका लागि भेरी अञ्चल अस्पताल हुँदै रामलीलाल मैदानको बाटो उपयुक्त हुने तर्क गरे । ‘नगर भवनको बाटोका लागि टेण्डर भैसके पनि निर्माण हुन समय लाग्ने भयो’, नगर प्रमुख डा= राणाले अहिले भत्काउँदा झन् बिग्रने देखेर काम अगाडि नबढेको जानकारी दिंदै भने । ‘यो चित्त बुझ्दो कुरा होइन, अहिलेसम्म निर्माण गरिसक्न कसले रोकेको थियो ?’, अध्यक्ष ओलीले नगरप्रमुख डा। राणाप्रति आक्रोशित हुँदै भने, ‘दुई बर्षअघि घोषणा भएको आठौं राष्ट्रिय खेलकुदको तयारीमा अहिले ढिलो भयो भन्नुुमा कुनै अर्थ छैन ।’ अध्यक्ष ओलीले दुई बर्षको खेलकुद तयारीमा तीन पटक मात्रै नगर प्रमुख डा। राणा बैठकमा उपस्थित भएको जानकारी दिंदै भने, ‘त्यसबाट नै थाहा हुन्छ, उपमहानगरपालिका आठौं राष्ट्रिय खेलकुद प्रति पटक्कै गम्भीर छैन ।’
नगर प्रमुख डा. राणा भने आठौंको सम्पूर्ण दायित्व केन्द्र सरकार माथि रहेकाले आफ्नो तर्फबाट नेपालगन्जलाई सफा सुग्घर बनाउन तिर केन्द्रित रहेको बताउँछन् । ‘जिल्ला समन्वय समितिदेखि अगाडिसम्मको बाटो पिच भैसक्छ’, डा. राणाले एमपीस्कुलको मूलगेट वरिपरिको बाटो भने स्थानीयहरुले सडकका लागि आवश्यक क्षेत्रफल नछाड्दा समस्या भएको जानकारी दिंदै भने ।

 


स्थानीयबासी भने नेपालगन्जको विशेषगरी रंगशाला छेउछाउकै सडकको अवस्था देखेर चिन्तित छन् । नेपालगन्ज वडा नम्बर ८ का स्थानीय सुरेश कनौजियाले बाटो र धुलोले नेपालगन्जको नराम्रो छबि खेलाडी र नेपालगन्ज आउने आगन्तुकहरु मार्फत प्रवाह हुने भन्दै चिन्ता व्यक्त गरेका छन् । ‘छिट्टै बाटो ठूलो हुनुपर्यो, भिडभाडमा समस्या हुन्छ, धुलो उडेको छ र नेपालगन्जको समेत गलत प्रचार हुने भएकाले सडक पुर्वाधार पहिला निर्माण गर्नुपर्यो,’ कनौजिया भने ।
त्यस्तै दैनिक नेपालगन्जले रंगशाला नजिकैको स्थानीय तथा बिद्यार्थी संगको कुराकानीमा उनीहरुले समेत रंगशाला रोडको सडक निर्माण गर्नुपर्ने धारणा राखे । रामबाग नेपालगन्जका दिब्य बिक्रम शाह र उनका साथीहरुले आठौं राष्ट्रिय खेलकुद अगाडि नै यो सडक ९रंगशाला रोड० निर्माण गर्नुपर्ने धारणा राखे । ‘यो रोड निर्माणको कुनै सुरसार नै छैन । यो रोड यति जीर्ण अवस्थामा छ, र रंगशालाको मुल गेटको रोडको यो हालतले नेपालगन्जको छवि कस्तो होला रु,’ उनीहरुको चिन्ता थियो ।
नेपालगन्ज शान्तिनगरका बिद्यार्थी आर्यन थापाले पनि सरसफाइ र सडक पूर्वाधारलाई स्तरीय बनाउने पर्नेमा जोड दिए । ‘अन्य जिल्लाबाट आउने पाहुनाले हेर्ने भनेकै सरसफाई र सडक हो जुन नेपालगन्जले सुधार गर्नुपर्छ जस्तो लाग्छ,’ थापाले बताए ।
नेपालगन्जलाई उपमहानगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष बिरेन्द्र बहादुर शाहले समेत खेलकुद बिकास समिति र वडा बीच कुनै किसिमको सहकार्य नै नभएकोले बजेट नै छुट्याएर योजना नबनाएको भए पनि सम्पूर्ण इफोर्ट लगाएर सफल पार्न सहयोग गर्ने बताएका छन् ।
‘अस्तिसम्म सम्भावनाकै कुरा मात्रै थिए । तैपनि हामीले उत्तरपट्टिको ९जिल्ला समन्वय समिति तर्फ० एडिबी मार्फत वडाकै पहलमा त्यो बाटो निर्माण गर्दैछांै’, वडाध्यक्ष शाहले दैनिक नेपालगन्जसँग भने, ‘खेलको मिति तय भैसकेको अवस्थामा भने हामीले सरसफाइको लागि टिम नै परिचालन गरेर काम गर्ने योजनामा छौ ।’ ‘हाम्रो वडामा आठौं राष्ट्रिय खेल हुँदैछ यो हाम्रो वडाको मात्रै होइन नेपालगन्ज र सिंगो बाँके जिल्लाको गौरवको कुरा,’ वडा अध्यक्ष शाहले भने ।
आठौं राष्ट्रिय खेलकुदलाई सफल पार्नका लागि नेपालगन्ज उपमहानगरपालिकाले भौतिक पूर्वाधारको कामहरु तीब्र रुपमा अगाडी बढाएको बताइएको छ । विशेषगरि सुर्खेत रोड सडक बिभाग अन्तरगत पर्ने हुनाले त्यसलाई छोडेर अन्य उपमहानगरपालिकाको स्वामित्वमा रहेको सडकहरु मर्मत गर्ने निर्माण गर्ने र खाल्डाखुल्डी पुर्ने काम भैरहेको उपमहानगरपालिकाले जानकारी दिएको छ ।
आठौंमा नेपालगन्ज उपमहानगरपालिकाको भूमिका बारे छलफल भैरहेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलको भनाइ छ । ‘नेपालगन्ज उपमहानगरपालिका अन्तरगत नै यो आठौं हुने हुनाले यसबारे व्यापक छलफल भएको छ र आठौंलाई सफल पार्नको लागि सम्पुर्ण राजनीतिक दलले समेत अपनत्व ग्रहण गरेको अवस्था हो’, प्याकुरेलले भने, ‘एक देखि २३ सम्म वडाको परिषद् पनि सम्पन्न भएको छ र खेलकुदलाई सफल पार्नका लागि हाम्रा पार्षद पनि एकदम कटिबद्ध हुनुहुन्छ,’ प्याकुरेलले भने ।

प्रतिक्रिया

प्रतिक्रिया