भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खस्दा एक जनाको मृत्यु भएको छ ।
भारी वर्षासँगै छत भत्किएर च्यापिँदा एक जना ट्याक्सी चालकको मृत्यु भएको छ । १० वटा सवारी साधन च्यापिँदा केही घाइते छन् ।
सवारी साधनको भिड जम्मा भएको बेला टर्मिनल भवनको छत खसेको थियो । ठूला–ठूला बिम कारहरुमाथि बज्रिएका थिए ।
स्थलगत अवलोकन गर्न केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडु सहितका अधिकारीहरु घटनास्थलमा पुगेका छन् ।
मन्त्री नायडुका अनुसार सन् यो सन् २००९ मै निर्माण भएको थियो । घटनाको सत्यतथ्य जाँच हुने उनले बताए । उनले देशका अन्य विमानस्थलको भौतिक पूर्वाधारको अवस्थाको पनि जाँच गर्ने बताए ।
मन्त्री नायडुले मृतकका परिवारलाई २० लाख र घाइतेलाई ३ लाख रुपैयाँको दरले राहत दिने घोषणासमेत गरे ।
नेपाली कथानक चलचित्र स्वीकारको बिहीबारदेखि शुभमुहुर्त भएको छ ।
सगरमाथा गन्तव्य मिडिया प्रालि एवं सगरमाथा ई।बोडिङ स्कूलको सयुक्त प्रस्तुतीमा नेपाली कथानक चलचित्र स्वीकारको आज एक कार्यक्रमका विच शुभमुहुर्त भएको हो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले स्वीकार फिल्मको व्यानर खोलेर शुभमुहुर्त गर्नुभएको छ । शुभमुहुर्त कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न स्थाना गरिने छायाङकनको लागि प्राविधिक तथा चाहिने सहयोग आफुले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेपालगन्जमा धार्मिक, शिक्षा, स्वास्थ्य लगायतका विषयबस्तुमा आधारित फिल्मले स्थानिय कलाकारहरुलाई जोड दिएर फिल्म निर्माण गर्न लागिएको हो । नेपालगन्जको सेरोफेरोमै छायाङकन गर्ने र स्थानिय कलाकारहरु कै सहभागितामा फिल्म निर्माण गरिने भएको हुनाले फिल्मले सफलता कायम गर्ने लक्ष्य रहेको फिल्म युनिटले जनाएको छ ।
फिल्मको निर्माता कृष्ण जिसी र लक्ष्मी विसीको रहेको छ भने निर्देशकको भुमिका चर्चित कलाकार रञ्जित रानाको रहेको छ । यस्तै फिल्मको मुख्य गुरुको भुमिका कलाकार गोविन्द प्रभातको रहेको छ भने स्थानिय कलाकारहरुमा सानु टमाटा, करुणा सुनार, रुपक रोकाय, अंकित गिरी, सुजन सुनार, नैना सिंह बोहरा, लक्ष्मी चौधरी, दिपक थापा, झक्कड थापा, खगेन्द्र विसी लगायतका कलाकारहरुको भुमिका यस फिल्ममा देख्न सकिने फिल्मका निर्माता कृष्ण जिसीले जानकारी गराउनुभयो ।
फिल्मको छायाङकन रामु चौधरीले गर्नुहुने छ भने मेकअपमा लक्ष्मी चौधरीको भुमिका रहेको छ । पौने २ घण्टाको स्वीकार फिल्म बाँकेको विभिन्न समणिय स्थलमा छायाङकन गरिने सुटिङ युनिटले जनाएको छ । फिल्मको छायाङकन १ महिना भित्रै सकिने छ ।
बाँकेको जानकी गाउँपालिकाले विकास पूर्वाधारमा प्रगाति गर्दै गएको छ । चालु आर्थिक बर्ष २०८१ मा एक सय ५० मिटर सडक पिच गरिएको गरेको छ । पालिकाको वडा नं. ४ मा रहेको मुनिजरपुर र वडा नं. ५ को गुरुवा गाउँको सडक पिच गरेको पालिकाका इन्जिनियर प्रजेश आलेले बताए । गाउँपालिकाले चालु आर्थिक बर्ष ०८०-८१ मा सबै वडामा ३ किलामिटर कोलिया बाटो पिसिसि गरेको छ, भने वडा नं. ३ मा एक सय ८० मिटर पक्कि नाली निर्माण गरिएको इन्जिनियर आले बताए ।
जानकी गाउँपालिकाको चालु आर्थिक बर्षको ४७ करोड बजेट मध्ये ११ करोड रूपैयाँ बिकास बजेटमा छुट्याएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको गौरबको योजना मध्ये वडा नं. ५ मा रहेको ईश्वरी ताललाई संरक्षण गर्ने योजना अगाडी बढाएको छ । ताललाई कृषि, पर्यटन तथा बहुउद्देश्य योजनाको रूपमा अगाडी बढाइएको छ । ईश्वरी तालमा गत आर्थिक बर्षका ७३ लाख रूपैया बजेट बिनियोजना गरिएको थियो भने अगामी चालु आर्थिक बर्ष २०८१÷८२ का लागि ७० लाख रूपैया बजेट बिनियोज गरिएको योजना शाखा प्रमुख पौडेलले बताइन् । तालको पूर्ण रूपमा निर्माण सम्पन्न गर्न करिब ७ करोड बजेट लाग्ने अनुमान गरिएको छ ।
ईश्वरी ताल निर्माणका लागि बहुबर्षिय योजना अगाडी सारिएको छ । अहिलेसम्म तालको ४० प्रतिशत निर्माण सम्पन्न भएको छ । ताल निर्माण सम्पन्न भै सञ्चालनमा आएपछि गौरवको योजनाको रूपमा साबित हुने पालिका प्रमुख प्रशासकिय अधिकृत दिल बहादुर पौडेलले बताए । ताल निर्माण सम्पन्न भएपछि सिक्टाको पानी जम्मा गर्ने र पर्यटीय गतिबिधि संञ्चालन गरी पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने उनले बताए । तालमा जम्मा भएको पानीले कृषि प्रयोजनका लागि पनि प्रयोग गर्ने योजना रहेकाले बहुउद्देश्य योजनाको रूपमा ताललाई अगाडी बढाइएको प्रमुख प्रशासकिय अधिकृत पौडेलको भनाइ छ । तर तालमा भएको अतिक्रमणका कारण पनि निर्माणको काममा चुनौती रहेको गाउँपालिकाले जनाएको छ ।
जानकी गाउँपालिकाको गौरबको योजनाको रूपमा एतिहासिक जोगा गाउँ पार्क निर्माण तथा ताल संरक्षण गर्ने योजना पनि अगाडी बढाइएको छ । गत आर्थिक बर्षमा तालको वरीपरी वाल बाउण्डरी निर्माण गरिको छ । करिब १२ करोड लागत अनुगमान गरिएको जोगा गाउँ ताललाई बहुबर्षिय योजनाको रूपमा अगाडी सरिएको छ । तला तथा पार्क निर्माण भएपछि धार्मिक पर्यटकसंगै घुमफिर तथा रमाउनका लागि अन्तरिक पर्यटक समेत बृद्धि गर्ने योजना राखिएको छ । गाउँपालिकाको एतिहासिक मन्दिरको रूपमा रहेको वडा नं. ५ को गुरुवा गाउँमा नागा बाबा मन्दिर तथा ताल निर्माण गर्ने योजना राखिएको छ । बजेट अभावका कारण उक्त योजना अहिले अल्पत्र आवस्थामा रहेको छ ।
गाउँपालिकाको अर्को गौरबका योजनाका रूपमा १५ शौयाको अस्पताल पनि निर्माण भैरहेको छ । करिब ११ करोड ४४ लाखको लागतमा निर्माण भैरहेको अस्पताल अन्तिम चरणमा पुगेको छ । ९० प्रतिशत निर्माणको काम सम्पन्न भैसकेको छ । अस्पताल संञ्चालनमा आएपछि स्थानीय नागरिकलाई सहज र निशुल्क सेवा उपलब्ध गराइने पालिका अध्यक्ष छब्बन खाँले बताए । ४ करोड २२ लाखमा निर्माण भैरहेको पालिकाको प्रशासनिक भवन १२ करोड लागतमा निर्माण भैरहेको छ । प्रशासनिक भवन करिब ७५ प्रतिशत निर्माणको काम भैसकेको छ । प्रशासनिक भवन संञ्चालनमा आएपछि कर्मचारी तथा सेवाग्राहीलाई सेवा लिन सहज हुने छ ।
गाउँपालिकाले बर्षेनी भौतिक पुर्वाधार तर्पm आवश्यक बजेट बिनियोजना गर्दै आएको छ । पालिका सडक, नाली तथा ठुला र गौरबका योजनामा आश्यक बजेट बिनियोजन गरी पालिकालाई भौतिक पुर्वाधारमा बिकसित पालिका बनाउने योजनाका साथ अगाडी बढेको पालिका अध्यक्ष छब्बन खाँले बताए । उनले भने, ‘बजेटको अभावका कारण सोचे अनुसार पालिकाका गौरब तथा ठुला योजना अगाडी बढ्न नसके पनि बजेटलाई हेरेर आवश्यक बजेट बिनियोजन गर्दै आएको छु ।’ आप्mनो कार्यकालमा सबै ठुला तथा गौरबको योजना सम्पन्न गरी विकसित पालिका बनाउने योजना रहेको उनले बताए ।
७ असार २०८१, रातको १२ बजे । चन्द्रागिरि, पिप्लामोड । त्रिभुवन राजपथहुँदै काठमाडौं भित्रिने मुख्य नाका । रातको यो प्रहरमा धुलो उडाउँदै गुड्ने मालबाहक ट्रकले के–के ओसार्छ ? भनिसाध्य छैन । यीमध्ये कति ट्रकमा देखिने दृश्यले तपाईंको मन विथोलिन्छ ।
बा ८ ख ४९९६ नम्बरको मालबाहक ट्रक एक छेउमा रोकिएको छ । ट्रकको माथितिर तन्नाले छोपिएको छ, ताकि भित्रको दृश्य नदेखियोस् ! त्यसैको मुनि हरियो पृष्ठभूमिमा सेतो अक्षरले लेखिएको छ, ‘सत्यमेव जयते ।’
जसै पर्दा हटाइन्छ, भित्र राँगा–भैंसी खाँदाखाँद राखिएको छ । यिनीहरूलाई बस्नै नमिल्ने गरी नाक र पुच्छरमा बाँधेर झुन्ड्याइएका छन् । पुच्छर टनटनी सुन्निएको छ । नाकबाट रगत चुहिरहेछ । मुखभरि फिंज छ ।
त्यहीं एउटा भैंसी शिथिल र लाचार भएर डङ्ग्रङ्ग पछारिएको छ । त्यसको ढाड पिल्सिएको छ । आँखा रातो भइसकेको छ र निरन्तर आँसु चुहिरहेछ । लट्ठीको प्रहारले यौनाङ्ग क्षत–विक्षत छ । सर्वत्र गर्मी चर्किएको बेला छ ।
निस्सासिने यो रापमा बितेको २४ घण्टादेखि यस्तै कष्ट दिएर यिनीहरूलाई यहाँसम्म ल्याइएका रहेछन् । त्यसमाथि खाल्डाखुल्डी बाटोबाट । तराईलाई काठमाडौंसँग जोड्ने यो मुख्य सडक अधिकांश ठाउँमा खाल्डै खाल्डा छन् ।
कैलाली टीकापुरको पशु हाटबजारमा अघिल्लो दिन लोड भएका राँगा–भैंसी हुन् यी । ट्रक चालक लिलु रसाइलीका अनुसार, ‘यिनीहरूलाई कतै आराम गराइएको छैन, घाँस र पानी दिइएको छैन ।’
एक पटक राँगाभैंसी ढुवानी गर्दा ६० हजार रुपैयाँ भाडा पाइने उनले बताए । ‘त्यसमध्ये केही पैसा ठाउँ–ठाउँमा ट्राफिक, पुलिसलाई दिनका लागि बोक्नुपर्छ’ उनी भन्छन्, ‘पैसा दिएन भने गाडी साइड लगाउनू भन्छ ।’
यस ट्रकमा चार जना अरू पुरुष छन्, जसको ‘ड्युटी’ राँगा–भैंसीलाई सकेसम्म बस्न नदिनु रहेछ । राँगाभैंसी बस्दा धेरै ठाउँ ओगट्ने भएकाले राखेको ठाउँबाट हलचल गर्न दिइँदैन । बस्न खोजेमा यौनाङ्गमा लट्ठीले हिर्काउने, घोच्ने गरिन्छ ।
बितेको केही वर्षदेखि यही सडकखण्डमा उभिएर पशु कल्याण संघका प्रतिनिधिहरूले पशु ढुवानीमा गरिने क्रूरता विरुद्ध खबरदारी गरिरहेका छन् । उनीहरूका अनुसार पशुलाई क्रूरतापूर्वक ढुवानी गर्ने क्रम हिजो जस्तो थियो, आज त्यस्तै छ ।
उनीहरूले अंगभंग भई लम्पसार परेको भैंसी ट्रकबाट ओराल्न लगाए । त्यसको नाक र पुच्छरको डोरी खोल्न लगाए । पानी खुवाए । संघकी अध्यक्ष स्नेहा श्रेष्ठले चालक र उनका सहयोगीलाई भनिन्, ‘यसलाई किन यति बिजोग बनाएको ? उसको पनि तपाईं–हाम्रो जस्तो शरीर हो । कति गाह्रो भयो होला, दयामाया लागेन ?’
उनीहरूले यसरी यातनापूर्वक पशु ढुवानी गर्न नहुने भन्दै ‘पशु ढुवानी मापदण्ड’को बुँदा पढेर सुनाए । चालक रसाइलीले भने, ‘यो पहिला पनि हामीलाई थाहा थियो । तर, हाम्रो काम गाडी चलाउने मात्र हो । २३ वर्षदेखि म यही काम गरिरहेको छु ।’
हामीले नागढुंगास्थित पशु क्वारेन्टाइनका कर्मचारी जनक रावललाई फोन गरेर पशुलाई यातनापूर्वक ढुवानी भइरहेको सुनायौं । उनले यसलाई खासै गम्भीरतापूर्वक लिएनन् । भने, ‘बाटोको हालत यस्तो छ, अलि अलि बाँध्न त परिहाल्यो । पुच्छरमा चाहिं बाँधेको हुनुभएन । त्यस्तो भेटिएमा कारबाही गर्छौं ।
केही समय नबित्दै त्यहाँ दुई प्रहरी आइपुगे । ट्रक रोकेर घाइते भैंसी ओरालिएको भन्दै उनीहरूले कसैलाई फोनमा रिपोर्टिङ गरे । पत्रकार को–को छ भनी भिडियो बनाउन र नाम टिपोट गर्न अह्राएको भन्दै ती प्रहरीले मोबाइल झिकेर भिडियो खिच्न थाले । ‘अनलाइनखबरबाट कुन–कुन व्यक्ति आएको छ, जाहेरी बनाइदिनु । उनीहरूले त्यहाँ जाँच गर्ने हो वा होइन, फोटो खिच्ने हो वा होइन ?’ उताबाट कसैले फोनमा भन्यो ।
रातको २ बजे । ट्रक चालकले दुई वटा पिकअप भ्यान मगाए । ट्रकबाट निकालिएका केही राँगा–भैंसी चढाउन थाले । शिथिल भई लडेको भैंसी केही गर्न सकिन्छ कि भनी पशु कल्याण संघका प्रतिनिधिहरूले सहयोग लिन चाहे । तर, क्वारेन्टाइनका कर्मचारीले उल्टै झपारे, ‘यहाँ क्वारेन्टाइन हुँदाहुँदै त्यहाँ ट्रक रोकेर राँगा–भैंसी ओराल्ने अधिकार कसले दियो ?’
त्यसपछि चार खुट्टा टेक्नै नसक्ने गरी घाइते भएका भैंसीलाई पुच्छर र सिङमा समातेर जबरजस्ती घिसार्न थालियो । असह्य दुखाइ र डरले हुनुपर्छ, त्यो कराउन खोज्यो । तर, सकेन । त्यसलाई बलजफ्ती भ्यानमा हालियो । क्षणभरमै भ्यान नागढुंगातर्फ बत्तियो ।
क्रूरतापूर्वक पशु ढुवानी, एक अन्त्यहीन शृंखला
तथ्यांक भन्छ-दिनहुँ औसत एक हजारको संख्यामा राँगा–भैंसी काठमाडौं भित्र्याइन्छन् ।
बुढो एवं रोगी भएर खेत जोत्न नसक्ने, बयलगाडा तान्न नसक्ने, दूध दिन छाडेका, थारो राँगा–भैंसी बिक्रीका लागि तराईका हाटबजारमा जम्मा गरिने चितवनका सुराजन श्रेष्ठले बताए । उनी पशुमाथि हुने दुर्व्यवहार, यातनापूर्ण ढुवानीको विरुद्धमा आवाज उठाउँदै आएका छन् ।
‘यी राँगा–भैंसीलाई व्यापारीले मोलतोल गरेर उठाउँछन् र ट्रकमा कोचेर काठमाडौं ल्याउँछन्’ उनी सुनाउँछन्, ‘खासगरी बारा, पर्सा, कपिलवस्तु र कैलालीबाट राँगा–भैंसी ढुवानी हुन्छ ।’
यी राँगा–भैंसी भित्र्याइने काठमाडौंमा मुख्य दुई नाका छन्— नागढुंगा र ललितपुरको चापागाउँ दोबाटो । यी नाकाहरूबाट सोमवार सबैभन्दा बढी राँगा–भैंसी भित्र्याइन्छ । त्यसपछि बुधवार र शुक्रवार । यी तीन दिनबाहेक पनि नियमित जसो राँगा–भैंसी ढुवानी हुन्छ ।
भारतबाट समेत काठमाडौंमा राँगा–भैंसी ल्याइने गरेको पाइएको छ । यसरी राँगा–भैंसी ढुवानी गर्दा एउटा ट्रकमा २०–२५ वटा राख्ने गरिन्छ । एउटा ट्रकमा जति धेरै राँगा–भैंसी राख्न सकिन्छ, व्यापारीलाई उत्तिनै मुनाफा हुने भएकाले सकेसम्म बस्न र हलचल गर्न नमिल्ने गरी राख्ने गरेको पाइन्छ ।
बस्दा ठाउँ ओगट्ने भएकाले यिनीहरूलाई बस्न नदिन पुच्छर र नाकमा बाँधेर झुन्ड्याइन्छ । दुई वा तीन दिनसम्म यी राँगा–भैंसीले ट्रकमा कोचिएर अत्यन्तै कष्टकर यात्रा गर्नुपर्ने हुन्छ । यस अवधिमा उनीहरूले घाँस, पानी खान त के आरामले बस्न पनि पाउँदैनन् ।
मापदण्ड छ, कार्यान्वयन हुँदैन
मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद २७ मा ‘पशुपक्षी सम्बन्धी कसुर’ मा पशुपक्षीप्रति निर्दयी व्यवहार गर्न नपाइने व्यवस्था स्पष्ट किटान गरिएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठ भन्छन्, ‘पशुपक्षीलाई निर्दयी व्यवहार गर्नेलाई तीन महिनासम्म कैद अथवा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनमा छ ।’
पशु ढुवानी मापदण्ड २०६४ परिच्छेद–४ मा लेखिएको छ– ‘फरक जात र आकार–प्रकारका पशुलाई एकै ठाउँ राखेर ढुवानी गर्न पाइने छैन । पशुलाई अस्वाभाविक रूपमा शरीर, नाक, पुच्छर, खुट्टामा बाँध्न हुँदैन ।’ यसका साथै कति अवधिमा उनीहरूलाई घाँस–पानी खुवाउनुपर्ने, आराम गराउनुपर्ने, कस्तो गाडीमा कसरी राख्नुपर्ने जस्ता स्पष्ट प्रावधान छ ।
यी मापदण्ड पालना भइरहेको छ वा छैन भनी ठाउँ–ठाउँमा पशु क्वारेन्टाइन स्थापना गरिएको छ । मापदण्ड विपरीत ढुवानी गरेको पाइएमा क्वारेन्टाइनका कर्मचारीले कारबाही गर्न सक्छन् । तर, पशु ढुवानीमा हुने यस्तो अत्याचार वर्षौंदेखि उस्तै रहेको पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले बताइन् ।
श्रेष्ठ भन्छिन्, ‘निर्दोष पशुलाई यसरी यातना नदिऔं, मारेर खानु नै छ भने पनि सहज हुने गरी ओसारपसार गरौं भनेर सम्बन्धित निकायमा गुहार माग्यौं । ट्रक चालक, व्यवसायीहरूलाई पशु ढुवानी मापदण्ड के छ भनी बुझायौं । तर, यो अपराध रोकिएन ।’
सिन्धुपाल्चोकमा भूकम्प गएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रविन्दु भएर गएराति साढे १ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार भूकम्प ४.२ म्याग्निच्युडको थियो । २०७२ सालको गोरखा भूकम्पका कारण जनधनको अकल्पनीय क्षति व्यहोरेका सिन्धुपाल्चोकबासी गएराति वर्षाको बेला जमिन हल्लिँदा त्रसित भएका थिए ।
भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन ।
२०७२ यताका वर्षायाममा सिन्धुपाल्चोकमा जनधनको ठूलो क्षति हुँदै आएको छ । त्यसको एक कारणमा भूकम्पका कारण जमिन खुकुलो भएको अनुमान भूगर्भविदहरु गर्दछन् ।
१ असार २०७८ को दिन सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची बजार गेग्रानसहितको बाढी र पहिरोबाट तहसनहस भएका थिए ।
हेलम्बुमा १२७ र मेलम्चीमा १५ घर परिवारलाई सुरक्षित स्थानामा पुनर्स्थापना गर्नुपर्ने छ । तर भौगर्भिक अध्ययन नहुँदा उनीहरुको स्थानान्तरण भएको छैन । त्यसैले अहिले पनि उनीहरु जोखिम क्षेत्रमै छन् ।
तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा मालिका गाउँपालिका–२ का ६ वर्षीय शिव विकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्याउनेबित्तिकै अस्पतालले मृत घोषणा गरेको थियो ।दुर्घटनामा ट्याक्टर चालक गुल्मीको धुर्कोट गाउँपालिक–५ वस्तुका २६ वर्षीय दीपक गोतामे र सहचालक बागलुङ बडिगाड गाउँपालिकाका १९ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि पाल्पा पठाइएको छ ।
बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता– २०८१ को समापनको अवसरमा कोहलपुर रेसिङ सहारा क्लबका अध्यक्ष चक्र क्षेत्री सम्मानित भएका छन् ।
पश्चिम नेपालको फुटबल विकासमा महत्वपुर्ण योगदान गरेको भन्दैं आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले क्षेत्रीलाई सम्मान पत्र प्रदान गरेका थिए ।
मुख्यमन्त्री कोहलपुर गोल्ड कप फुटबल प्रतियोगिताका संस्थापक क्षेत्रीले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता कोहलपुरमा आयोजना गर्नमा महत्वपुर्ण योगदान गरेका थिए ।
धम्बोझी क्लब नेपालगन्जले लगातार दोस्रो पटक बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता– २०८१ को उपाधि जितेको छ ।
बिहिबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको फाइनल खेलमा धम्बोझीले कोहलपुर रेसिङ सहारा क्लबलाई २–० ले हराउँदैं च्याम्पियन बनेको हो । जितसँगै धम्बोझी लुम्बिनी प्रदेश स्तरीय लिग फुटबलमा बाँके जिल्लाको प्रतिनिधित्व गर्नेछ ।
धम्बोझीको जितमा क्षितिज थापा मगर र मनिष सुनारले १–१ गोल गरे । क्षितिजले खेलको १२औं मिनेट र मनिषले ६५औं मिनेटमा गोल गरेका थिए । फाइनलमा खेलमा प्लेयर अफ द म्याच धम्बोझीका क्षितिज थापामगर भए । उनलाई महिला उद्यमी संघ नेपाल बाँके सचिव नितु चन्दले ट्रफी प्रदान गरिन् ।
च्याम्पियन बनेको धम्बोझीले १ लाख र उपविजेता कोहलपुर रेसिङ सहारा क्लबका खेलाडीहरुले ५१ हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल प्रमाण पत्र प्राप्त गरेको छन् । बिहिबार विजेता तथा उप विजेता खेलाडीहरुलाई प्रमुख अथिती कोहलपुर नगरपालिका नगर प्रमुख पुर्णप्रसाद आचार्य, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम एन्फा सदस्य भोजराज शाही, राष्ट्रिय खेलकुद परिषदका सदस्य दिपेन्द्र विष्ट, एन्फा पुर्व उपाध्यक्ष गोर्वधन सिंह सम्झना, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य जनक केसी, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम लगायतले पुरस्कृत गर्नु भएको थियो ।
बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा धम्बोझीका क्षितिज थापामगर सर्वोत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत भए । यसैगरी प्रतियोगितामा कोहलपुर रेसिङका सालान परियार उत्कृष्ट गोलकिपर, धम्बोझीका विष्णु कसेरा उत्कृष्ट रक्षक, कोहलपुर रेसिङका विशाल थापामगर उत्कृष्ट मिडफिल्डर, धम्बोझीका प्रेम कुमार सुनार सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकको रुपमा धम्बोझीका दिपेन्द्र घले पुरस्कृत भए ।
असार १ गते देखि सुरु भएको प्रतियोगितामा यसपटक बाँके जिल्लामा आवद्ध भएका ९ वटा क्लबले भाग लिएका थिए । प्रतियोगिताको समुह ‘ए’ मा कोहलपुर रेसिङ सहारा क्लब, धम्बोझी क्लब, नवदुर्गा युवा क्लब, कारकादो युवा स्पोर्टस् क्लब, मिलन युवा स्पोर्टस क्लब रहेका थिए । समुह ‘बी’मा न्यु डाँफे स्पोर्टस् क्लब, जय किसान स्पोर्टस् क्लब, रोयल नेपालगन्ज एफसी र ओसोनिक क्लब रहेका थिए ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् ।
१८६ जनाले ४ जीपीए ल्याएका छन् ।
कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । अर्थात् परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।