एन्फाले गर्यो चक्र क्षेत्रीलाई सम्मान

बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता– २०८१ को समापनको अवसरमा कोहलपुर रेसिङ सहारा क्लबका अध्यक्ष चक्र क्षेत्री सम्मानित भएका
छन् ।

पश्चिम नेपालको फुटबल विकासमा महत्वपुर्ण योगदान गरेको भन्दैं आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले क्षेत्रीलाई सम्मान पत्र प्रदान गरेका थिए ।

मुख्यमन्त्री कोहलपुर गोल्ड कप फुटबल प्रतियोगिताका संस्थापक क्षेत्रीले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता कोहलपुरमा आयोजना गर्नमा महत्वपुर्ण योगदान गरेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया