सिमा पारीको रुपैडिया बजार दिनभरि खचाखच । वारीको नेपालगन्ज बजार सुनसार जस्तै । कारण जान्न खोज्दा धेरैले भन्छन्, ‘रुपैडिया बजार सस्तो छ । भनेको सामान छानी छानी किन्न पाइन्छ । मुल्य पनि फिक्स छ’ ।
किनमेलका लागी नेपालगन्ज बजारबाट मात्र होइन । मध्य पश्चिम क्षेत्रका दुर्गम पहाडी जिल्ला सुर्खेत देखि सल्यान, दैलेख सम्मका नेपाली उपभोक्ताहरु भारतको रुपैडिया देखि लखनउसम्म पुगेका हुन्छन् ।
दाल, चामल, चिनी जस्ता खाद्य बस्तुहरु तुलनात्मक रुपमा नेपालगन्जमा भन्दा रुपैडियाको बजारमा केही सस्तो लागे पनि बस्तुको गुणस्तर र नापतौलका बारेमा कमै उपभोक्ताले ध्यान दिने गरेको पाइन्छ । सस्तोको लोभमा पर्दा कतिपय नेपाली उपभोक्ताहरु एकातिर मिसावटयुक्त सामानमा ठगिएका हुन्छन् भने कतिपय बिक्रेताले एक केजीमा झण्डै सय ग्रामसम्म कम तौलमा सामान बिक्री गरि उपभोक्ता ठग्ने गरेको पनि पाइएको छ ।
आखिर किन जान्छन् त नेपाली उपभोक्ताहरु भारतीय बजार ? झट्ट भन्दा धेरैले ‘सस्तोमा सामान पाइने’ भएकाले, भने पनि कारण अरु पनि रहेका छन् । नेपाली ब्यापारीको ब्यवहारलाई पनि लिने गर्दछन् उपभोक्ताहरु । ग्राहकको चाहना अनुसार सामान देखाउन पनि अल्छी मान्ने, झर्कंने र राम्रो ब्यवहार नहुनु पनि एउटा कारण रहेको कतिपय उपभोक्ताहरुको गुनासो रहने गरेको छ । भारतीय ब्यापारीहरु एउटा सामान माग्दा अनेक थरि सामान देखाई नकिन्ने मुडमा भएका ग्राहकलाई पनि किन्ने बनाउने गराउछन् । राम्रो र गुणस्तरिय भन्दै ग्राहकलाई कन्भिन्स गर्नमा नेपाली ब्यापारी भन्दा भारतीय ब्यापारीहरु अलि व्यवसायिक हुन्छन् ।
यसरी सकिन्छ, किनमेलको रोजाइ फेर्न
नेपाली ब्यापारीहरुले भारतीय बजार मुल्यलाई मध्यनजर राखी बस्तु तथा सेवाहरुको मुल्य निर्धारण गर्न नसक्दा नेपाली उपभोक्ताहरु सस्तोको भ्रममा परि भारत तर्फ लाग्ने गरेको पाइन्छ । दाल, चिनी, चामल जस्ता दैनिक उपभोग्य बस्तुमा भारत र नेपालगन्जको बजारको मुल्य अन्तर फराकिलो देखिन्छ । यसमा नेपाली उपभोक्तालाई भारतीय बजार जानबाट रोक्नका लागी कम मार्जिन राखेर नेपाली ब्यापारीहरुले त्यस्ता बस्तुहरुको बिक्री बितरण गरेमा नेपाली उपभोक्तालाई भारत जानबाट रोक्न सकिन्छ ।
उपभोक्ता सचेतनामा ध्यान नदिनु ः गुणस्तरीय बस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकार हो भन्ने बारेमा अहिले पनि सबै उपभोक्ता सचेत भै सकेका पार्इंदैन । अझ सस्तोका नाममा भारतीय बजारमा दौडिने प्रबृत्तिले नेपाली उपभोक्ताहरु कतिपय अवस्थामा कमसल र गुणस्तरहीन सामानमा ठगिने गरेको भए पनि यो कुरामा उनीहरु सचेत भएको पाईदैन । नेपाली ब्यापारीहरुले खाली नेपाली उपभोक्ता भारतीय बजार गए भनेर गुनासो गर्ने मात्रै होइन कि, नेपाली उपभोक्ताहरु भारतीय बजार किन गए ? के गर्न सकेमा नेपाली उपभोक्तालाई नेपालमै रोक्न सकिन्छ ? भन्ने बारेमा ध्यान पु¥याएको पार्इंदैन ।
कतिपय सामानहरु भारतमा भन्दा नेपालमै सस्तो पाईंने भएता पनि भ्रमबस नेपाली उपभोक्ताहरु भारतमै पुग्ने गरेको पाइन्छ । लिभर लगायतका कतिय बहुराष्ट्रिय कम्पनीका सामान नेपालमै उचित मुल्यमा पाइन्छन् । प्लाष्टिक, स्टीलका सामान, मसला लगायतका सामानहरु भारतमा भन्दा नेपालमै गुणस्तरिय पाइन्छ । त्यस्तै भारतीय उत्पादन बाहेक तेश्रो मुलकबाट आयातित सामान पनि भारतमा भन्दा नेपालमा सस्तो पाइन्छ । सबै सामान सस्तोमा पाइन्छ भन्ने भ्रममा परि नेपाली उपभोक्ताले भारतीय बजार रोज्ने कुरालाई अब अन्त्य गर्न जरुरी छ । यसका लागी उपभोक्ता सचेतनामा जोड दिने र वास्तविकता बुझाउन नेपाली ब्यापारीले सक्रियता बढाउन पनि उत्तिकै जरुरी छ ।
सस्तोका लागी नेपाली उपभोक्ताहरु भारतीय बजार जादै गर्दा उपभोक्ताले त्यहाँ जाँदा लाग्ने यातायात भाडा र खर्च हुने समयको बारेमा कमै ध्यान दिने गरेको पाइन्छ । सस्तोको नाममा थोरै सामान किन्न जाँदा पनि भारतीय रुपैडिया बजार रोज्ने नेपाली उपभोक्ताहरु भाडा र ब्यतित भएको समयको मुल्यको हिसाब गर्ने हो भने त्यस्ता नेपाली उपभोक्तालाई नाफा भन्दा घाटा लाग्ने कुरा बुझ्न जरुरी छ ।
गुणस्तरिय बस्तु तथा सेवा प्रदानमा ध्यान नपुग्नु ः नेपाली ब्यापारीहरुले गुणस्तरिय बस्तु तथा सेवा बिक्री बितरण गर्नमा आवश्यक मात्रामा ध्यान पु¥याएको पाईँदैन । मुनाफाको नाममा जथाभावी सामानहरु बिक्री बितरण गर्ने, गुणस्तरियतामा ध्यान नदिने गरेका कारणले पनि भारतीय बजार तिरै दौडिने गरेको पाइएको छ । आफनो सेवालाई गुणस्तरिय र ब्यवस्थित बनाउने र उपभोक्ताको अधिकार र स्वास्थ्यमा पनि ध्यान दिएर ब्यापार ब्यवसाय गर्न सकेको खण्डमा नेपाली बजार फष्टाउने निश्चित छ ।
ब्यवसायिक आचरण र अनुगमन ः
संगठन भनेको गलत कुराको ठाकछोप गर्ने र गतल काम गर्ने संगठनका सदस्यलाई गलत कार्य गरेको अवस्थामा पनि उन्मुक्त्ति दिने होइन । उसले त ब्यवसायिक हक हितका साथै आफ्नो संगठन भित्र रहेका गलत क्रियाकलापहरुको सुधार गरि सबैलाई व्यवसायिक आचरण पालना गर्नु र गर्न लगाउनु पनि हो । यस सन्दर्भमा नेपाल उद्योग वाणिज्य संघ लगायतका उद्योगी ब्यापारीका ब्यवसायिक संघ संगठनहरुले आफ्नो संघसंगठनमा आवद्ध आफ्ना ब्यवसायीहरुबाट के कस्तो बस्तु तथा सेवा प्रदान भैरहेको छ भन्ने बारेमा बेला बखत अनुगमन गर्ने, ब्यवसायिक आचरण पालन नगर्नेलाई गर्न लगाउने र उनीहरुको ब्यवसायिक दक्षता अभिबृद्धिका कार्यक्रमहरु संचालन गर्न सकेका नेपाली ब्यापार प्रवद्र्धनमा निश्चय नै मद्धत मिल्ने छ ।
अन्तमाः उल्लेखित कुराहरुलाई मध्यनजर राख्दै नेपाली उद्योगी र ब्यवशायिहरुकले आफुमा रहेका कमी कमजारीको सुधार गर्दै गुणस्तरिय बस्तु तथा सेवा प्रदान गर्नमा ध्यान दिन सकेको खण्डमा सस्तोको भ्रममा नेपाली उपभोक्ताहरु भारत तर्फ दौडिने प्रबृत्तिलाई कम गर्न मद्धत पुग्दछ । यसै गरि उपभोक्ताहरुले पनि अरुको लहै लहैमा सस्तोको नाममा भारतीय बजार धाउने प्रबृत्तिको अन्त्य गरांै । वास्तबिकता बुझ्ने प्रयत्न गरौं । केही गलत कुरा भए सबैले मम भनी सुधार गरौ । उपभोक्ता शिक्षा र उपभोक्ता अधिकारमा सबैले ध्यान पु¥याउँ । सिमा पारि होइन वारी नै रोजौं, नेपाली बजारलाई प्रवद्र्धन गरांै ।
(दैनिक नेपालगन्जका स्तम्भकार गौतम उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष हुन् ।