सुरेन्द्र दीप कार्की
बर्सेनि बर्खाकाे पानीले नेपालगंजका नगरबासीको मन बाढीको त्रासले भरिने गर्दथ्यो । बजारको बीच भागमा सुबिधा सम्पन्न घर भए पनि सधै डुबानको समस्या झेल्न पर्ने हुन्थ्यो । नगर को सुबिधा पक्कि बाटो ,बिदधुत, टेलिफोन र घर मै खाने पानिको लाईन छ तर नगर डुब्छ । सधै डुबान को समस्याले पिरोलिने नेपालगंज नगरबासिले यस पाली भने राहात को स्वास फेरे । क्लाउड फ्रस्ट भनिएकाे वर्षात तथा तरार्इका प्राय सबै सदरमुकाममा डुबान हुँदा समेत नेपालगन्जमा डुबान भएन ।
किन त ?
०७१ साल को बर्सात मा सेतु बिक चोक देखि ताज होटल सम्म (न्यु रोड देखि घर बारी टोल जाने बाटो ) सम्म डुबान थियो । गणेस पुर सबै डुबेको थियो । धम्बोजी चोक मा डुंगा लगाउनु परेको थियो । बस पार्क सल्यानी बंगाला बेलासपुर सबै डुबान मा थियो तर यस पालि कतै डुबान छैन । टेलिफोन अबरुद्द बिदधुत अबरुद हिड्न समस्या सबै समस्या आई पर्यो तर यसपाली नगर मा बाटो भन्दा होचो घर मा सामान्य पानि पस्नु बाहेक कुनै डुबान को सूचना आएको छैन ।
कारण के त ?
यसपाली नेपालगंजमा भारी मात्रामा पानी पर्यो । तर नेपालगंजमा डुबान भएन । एसियाली विकास बैक को परियोजना मार्फत बाटो चौडा तथा नाली मर्मत सफाई गर्नाले यस पालि नगर मा डुबान को समस्या देखिएन ।
दोस्रो रास्ट्रिय गौरबको आयोजना सिक्टा सिंचाइको मुख्य नहर र यसको सहायक नहरका कारणले डुबान भएन । कोहलपुर खण्ड को पिपरी हुदै पश्चिम तिर जाने मुख्य नहरबाट ठुलो मात्रामा पानि बाहिर गयो । यसैगरी निर्माणाधीन सोल्टि होटलको साइड भएर जाने नहरले नेपालगन्ज तर्फ पानी पस्न पाएन ।
डुडुवा लगायतका साना खोल्साखोल्सीका पानीहरू नेपालगन्ज भन्दा गहिरा सिक्टाका नहरहरू हुदै बगे । यसले बैजनाथका पेडारी र सम्झना सम्मका गाउँहरू डुबानमा परे ।
भाग्यमानी धबल र उमा !
स्थानीय निकायको चुनाब जितेकै दोश्रो महिना बाढी को चपेटा मा फस्ने परेको भए नगरको पिता को “क्रेज” घट्न सक्थ्यो । विकास को “ब्रान्ड” लागेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर धबल समशेर राणा र बिधार्थी राजनीति हुदै पत्रकारिता को क्षेत्र बाट आएको उपमेयर उमा थापा लाई भर्खर मात्र सम्हालेको पद भारि हुन सक्थ्यो । नगरमा उद्दार गर्न कठिनाई ,राहत्त दिन गारो र पुर्स्थापनाकाे झन्झट, सबै दुर्भाग्य बाट जोगिए ।