‘लैंगिक हिंसाको अन्त्यको सुरुवात आफैबाट’


लैंगिक हिंसाको अन्त्यको सुरुवात आफैबाट गर्नु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । इन्टरनेशनल एलर्डको र माहुरी होमको आयोजना बाँकेको बनकटवाका भएको अभिमुखिकरण कार्यक्रमका सहभागीहरुले बाहिर आदर्शका कुरा गर्नेले पनि भित्र भित्रै हिंसा गर्ने प्रबृत्ति हिंसा न्यूनिकरणको बाधक भएकाले हिंसालाई ब्यवहारिक रुपमै अन्त्य गर्नका लागि यसको सुरुवात आफैबाट हुनु पर्नेमा जोड दिएका हुन् ।

जनप्रतिनिधि, मेलमिलापकर्ता शिक्षक, स्वास्थ्य स्वयमसेवीका, आमा समुह, निगरानी समुह युवा सञ्जाल, किशोरी क्लव, लगायतका समुदाय स्तरका नागरिकलाई लैंगिक हिंसा सम्बन्धी कानून र कानूनी प्रवधानहरुबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको एक दिने अभिमूखिकरण कार्यक्रमको अधिवक्ता वसन्त गौतमले सहजिकरण गरेका थिए ।

कार्यक्रम सहजकर्ता गौतमले लिङ्ग र लैङ्गिकता, सामाजिकीकरण र लैङ्गिक भूमिका, लैङ्गिक हिंसा, लैङ्गिक हिंसाको अवधारण, प्रभावितको आवश्यकता, लैङ्गिक हिंसाको कारण र असरहरु, लैङ्गिक हिंसाका नीतिगत र कानुनी व्यवस्थाहरु र सामाजिक मान्यताका बिषयमा सहजिकरण गरेको माहुरी होमकी लक्ष्मी सुनारले जानकारी दिइन् ।

कार्यक्रममा सहजकर्ता अधिवक्ता वसन्त गौतमले लिंगका आधारमा इच्छा बिपरित सुनसुकै तवरबाट दिइने शारीरिक र मानसिक पीडा दिने कार्यले लैंगिक हिंसा भएको बताउदै यस्तो कार्य कानूनी अपराध भएकाले यस बिरुद्धमा सबै लाग्नु पर्ने बताएका थिए । हिंसा सहने बानीले हिंसा घट्नुका साटो बढाउनमा मद्दत पुग्ने भएकाले हिंसा गर्ने उपर कानूनी कारवाही र पीडितको न्यायको लागि सबैले समन्वयतत्मक तरिकाले अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका सहभागीहरुले समाजका अहिले पनि बिभिन्न बहानामा महिला उपर बिभेद र हिंसाजन्य कार्य भैरहेको भन्दै लैंगिक समानता र महिला सशक्तिकरणमा जोड दिएका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया