बाँकेमा महिला जनप्रतिनिधि र पत्रकारबिच मैत्रीपूर्ण फुटबल हुने

बाँकेमा महिला जनप्रतिनिधि र महिला पत्रकार बिच हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिताको तयारी तिव्र गतिमा अगाडी बढेको छ । आगामी चैत १५ गते शुक्रबार नेपालगन्ज रंगशालामा हुने मैत्रीपुर्ण फुटबलको तयारी बारेमा छलफल भएको छ ।


छलफलमा आयोजक, जनप्रतिनिधि महिला र पत्रकारहरुको प्रतिनिधिहरुबिच छलफल भएको थियो । अन्तरालको आयोजनामा आगामी वैशाख ५ देखि १५ गते सम्म नेपालगन्ज रंगशालमा प्रथम लुम्बिनी कप अन्तराष्ट्रिय महिला नेपालगन्ज उपमहानगरपालिकाको निवर्तमान उपप्रमुख उमा थापा मगरको संयोजकत्वमा भएको छलफलमा बाँके जिल्ला फुटबल संघका महासचिव कमल खत्री, लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको प्रचार प्रसार संयोजक निरज गौतम, सचिवालय प्रमुख रमेश मल्ल र समन्वय तथा परिचालन उपसमिति संयोजक तेजबिक्रम शाहको सहभागिता रहेको थियो ।


पहिलो पटक नेपालगन्ज रंगशालामा हुन लागेको प्रतियोगितामा भारतका दुई र नेपालका ६ सहित आठ टीमको सहभागिता रहनेछ । सहभागी टीममा नेपाल र भारतका ख्यातीप्राप्त र चर्चित खेलाडीहरुको सहभागिता रहने जनाइएको छ । अन्तरालको आयोजना र बाँके जिल्ला फुटबल संघको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

तस्विरः कमल खत्री

प्रतिक्रिया

प्रतिक्रिया