सई विरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको जनाएको छ ।

अख्तियारले बिहीबार उनी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । साउदले लागू औषध मुद्दामा सहजीकरण गरिदिने नाममा घुस लिएको भन्दै ३० हजार रुपैयाँ बिगो कायम गरी, जरिवाना र कैदसमेत माग गर्दै विशेष अदालत काठमाडौंमा आरोप पत्र दर्ता भएको छ ।

लागू औषधको मुद्दा मिलाइदिने भन्दै ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनी गत मंसिर १२ गते अख्तियारको फन्दामा परेका थिए ।

प्रतिक्रिया

प्रतिक्रिया