खुला नकआउट फूटबल प्रतियोगिताको उपाधि न्यू दर्पणलाई

बाँकेको खजुरामा आयोजित खुला नकआउट फूटबल प्रतियोगिताको उपाधि आयोजक न्यू दर्पण युवा स्पोर्टस क्लवले हात पारेको छ । मनकामना नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार भएको फाइनलमा आयोजक न्यू दर्पणले पुल्चोक युवा सञ्जाललाई ४–१ गोलले हराउँदै उपाधि जितेको हो ।

न्यू दर्पणका तर्फबाट श्याम बयडि, भुपेन्द्र शाही र सन्तोष सोनीले गोल गर्नुभयो । पुल्चोकका तर्फबाट एक गोल आत्मघाती भयो । पुल्चोकका तर्फबाट क्षितिज रानाले सान्त्वना गोल गरे । उपाधिसँगै न्यू दर्पणले एकलाख एक हजार रुपियाँ पायो । उपविजेता पुल्चोकले ५१ हजार रुपियाँ प्राप्त गर्न सफल भयो ।

सर्वोत्कृष्ट खेलाडी न्यू दर्पणका भुपेन्द्र शाही र उत्कृष्ट रक्षक बिष्णु कसेरार कविराम रोका मगर उत्कृष्ट गोल किपर घोषित भए । यसैगरी सर्बाधिक गोल कर्ता प्रेम बिक घोषित भए । प्रतियोगितामा १७ टोली सहभागिता थिए ।

प्रतिक्रिया

प्रतिक्रिया