नेपालगन्जमा कार दुर्घटना हुँदा २ जनाको मृत्यु

आस्था शाह र साथी शाहना शाह सगै कार्यक्रम पछी घर तर्फ फर्किने क्रममा नेपालगञ्ज–१८ कारकांदो सिक्टा कार्यालय नजिकै सुर्खेत रोडको किनारामा हिडेर घर तर्फ आईरहेको समयमा सुदुरपश्चिम प्रदेश ०१–००१–३४६४ नम्बरको स्कारपियोले एक्कासी ठक्कर दिएको थियो ।

उक्त घटनामा घाईते भएका आस्था र शाहना र अर्का एक जना पुरुष गम्भीर घाईते भई अयपचारको लागी नेपालगञ्ज मेडिकल कलेजमा लगिएकोमा आस्था र अर्का एक जना सनाखत हुन नसकेका पुरुषको उपचारक कै क्रममा मृत्यू भएको छ भने शाहनाको उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बांकेमा कार्यरत डिएसपी एवम बांके प्रहरी प्रवक्ता नारायण डांगीले बताउनु भएको छ ।

न्यू इयर इभ अर्थात नर्या बर्ष २०२४को स्वागत तथा २०२३ को बिदाई गर्ने गरि नेपालगञ्जका केही होटेलहरुले बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम राखेकाले आस्था शाह पनि आईतबार सांझ भृकुटीनगर घर भएकी २५ बर्षिय शाहना शाह साथी सगै कारकादो स्थित एक होटेलमा आयोजित एक कार्यक्रममा सरिक हुन पुग्नु भएको थियो ।

भारतको मुम्बईमा बसेर अध्ययन गनुएभएकी आस्था केही महिना पहिल्य नेपालगञ्ज स्थित सोल्टी होटेलमा जागिरको शिलशिलामा आईपुग्नुभएको थियो । सोल्टीमा काम गर्ने क्रममा अमेरीका बस्दै आएका एकजना नेपालगञ्जका शाह बंशिय युवकले आस्था शाहसंग बिवाहको पस्ताव गरेपछी केही महिना पहिल्य दुबै जनाको मंगनी रसम पुरा भएको थियो ।

प्रतिक्रिया

प्रतिक्रिया