जंगल लगेर भाईको हत्या

नरैनापुर गाउँपालिका वडा नं.४ बस्ने दाजु भाई बिच सोमवार भएको विवादमा परि भाईको मृत्य भएको छ ।

काठ दाउरका लागि विहान करिब ९ बजे जंगल गएका दुबै जना मध्ये दाई मात्र फर्किएपछि सोधपूछ गर्ने क्रममा सो विषय बाहिर आएको प्रहरीले जनाएको छ । नरैनापुर गाउँपालिका वडा नं.४ नरैनापुर गाउँ बस्ने अं.३० वर्षिय इब्राहीम खाँले आफ्नो साख्खै भाई अं.वर्ष १६ को रहीस खाँको टाउकोमा लठ्ठीले प्रहार गर्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घटना पछि पुगेको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी इन्चार्ज प्रहरी निरीक्षक वसन्त गौतमका अनुसार सम्पत्ती विवादमा हत्या भएको हुन सक्ने अनुमान गरेका छन् । यो घटना सम्पत्तीकै कारण भएको हुन सक्ने प्रारम्भिक अनुमान छ, उनले भने, थप अनुसन्धान अझै जारी रहेकोले वास्तविक विषय पछि खुलासा हुनेछ ।

प्रतिक्रिया

प्रतिक्रिया