डुडुवामा एकै दिन १० कोरोना पोजेटिभ भेटिए, नेपालमा १ सय ७० थप

भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा १० जना कोरोना पोजेटिभ भेटिएका छन् ।

बाँके डुडुवाका १० जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

बाँकेमा कोरोना पोजेटिभको संख्या १ सय ८१ पुगेको छ । बाँकेमा कोरोना निको हुनेको संख्या २७ रहेको छ ।


प्रदेश नं. ५ का ९ वटा जिल्लामा ४ सय ३३ जना कोरोना संक्रमित पुगेका छन् । नेपालभर ५२ जिल्लामा कोरोना पोजेटिभ भेटिएका छन् ।

प्रदेश नं. ५ का ९ वटा जिल्लामा ४ सय ३३ जना कोरोना संक्रमित पुगेका छन् । नेपालभर ५२ जिल्लामा कोरोना पोजेटिभ भेटिएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ ।

(२०७७।०२।१६ गते)

प्रतिक्रिया

प्रतिक्रिया