दुबै देशका नागरिक सीमामा पुगेपछि आ-आफ्नो देश फर्काउने क्रमलाई शनिवार पनि निरन्तरता दिइएको छ । शनिवार विहान यो समाचार तयार पारुन्जेल सबैभन्दा बढी दैलेखका ४३१ जना आइपुगेका थिए । सुर्खेत, दांग, सल्यान, बर्दिया तथा कर्णालीका जनता आउने क्रम उत्तिकै छ । शनिवार बिहानैदेखि दुई देशका नागरिक आफ्नो देश फर्कन लामबद्ध हिडिरहेको दृष्यले एउटा छुट्टै अवस्थाको बोध गराइको देखिन्थ्यो ।
यसअघि बुधबारदेखि सीमामा पुगेका भारतीयहरुलाई उनीहरुकै मुलुक पठाउन सुरु गरिएको थियो । त्यसक्रममा रुपैडिहासम्म आइपुगेका सयौं नेपाली पनि स्वदेश फर्किएका छन ।भारतमा यातायातको साधन रेल सञ्चालनमा आएपछि नेपालमा रहेका उनीहरु घर फर्कन लागेका हुन् । नेपाली आउने क्रम पनि रोकिएको छैन ।
भारतका विभिन्न ठाउँबाट भारतीयहरु नेपालगन्जको जमुनाह नाकासम्म आइपुगेका छन् । उनीहरुलाई नेपालगन्ज ल्याउदै सम्बन्धित जिल्ला पठाइदै आएको छ ।
सीमामा दुवै देशका सयौं नागरिकहरुलाई आ आफ्नो देश पठाउने प्रक्रिया चलिरहेको सम्बद्ध अधिकारीले जनाएका छन् ।








