स्वास्थ्य शिविरमा एक हजार आठ सय बढीको उपचार

दुर्गम भेगका नागरिकलाई उनीहरूको घरदैलोमा नै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले भोजपुरको दक्षिणमा रहेका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

विराटनगरस्थित नोबेल मेडिकल कलेजको सहयोगमा जिल्लाको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटार र आमचोक गाउँपालिकाको केन्द्र बालङ्खामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविरमा एक हजार आठ सयभन्दा बढी लाभान्वित भएका शिविर संयोजक जनक घलेले राससलाई बताउनुभयो । शिविरमा छ सय ७० जना महिला र तीन सय ९२ जना पुरुषले विशेषज्ञ सेवा लिएका थिए ।

त्यसैगरी, आमचोक गाउँपालिकामा भएको शिविरमा एक हजार ६२ जना नागरिकले सेवा लिएका संयोजक सन्तोष कोइरालाले जानकारी दिनुभयो ।

शिविरमा २३ जना चिकित्सकसहितको टोलीले जनरल मेडिसिन तथा मुटु रोग, प्रसूति तथा स्त्रीरोग, बालरोग, शल्यक्रिया, हाडजोर्नी तथा नसा रोगलगायत विभिन्न १३ वटा रोगको उपचार सेवा प्रदान गरिएको थियो । —RSSNews

प्रतिक्रिया

प्रतिक्रिया