वेष्टर्न रियल स्टेट प्रा.लि.ले आफ्नो अधिकृत पूँजी ३० करोड पुर्याउने घोषणा गरेको छ । शनिबार भएको वेष्टर्नको अधिवेशनले १० करोड पूँजी थप गर्ने निर्णय गर्दै अधिकृत पूँजी ३० करोड पुर्याउने घोषणा गरेको हो ।
संस्थाले नयाँ सञ्चालक समिति चयन गर्दै रियल स्टेटलाई हाउजिङ्गमा व्यवसायिक रूपले अगाडि बढाउने निर्णय गरेको नवनिर्वाचित सञ्चालक समिति सदस्य इश्वरी प्रसाद ज्ञवालीले जानकारी दिए । ‘कम्पनीलाई बृहत रूपमा अगाडि बढाउन तत्काल पूँजी वृद्धिको नीति लिइएको छ’, ज्ञवालीले भने ।प्रमुख निर्वाचन अधिकृत प्रल्हाद बहादुर कार्कीका अनुसार, अधिवेशनबाट ज्ञवाली सहित कोशलराज नेपाल, मेयर सिंह खत्री, नारायणदत्त ढकाल, लेखनाथ सापकोटा, पप्पु तमोली, वीर बहादुर विक, अवनिश अग्रवाल र रामकरण भुज सञ्चालन समिति सदस्यमा निर्विरोध विजयी भएका छन् ।