आफ्नो १७ औँ वार्षिक उत्सवको अवसरमा ग्लोबल आइएमई बैंकले नेपालगन्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५९ जनाले सहभागिता जनाएका छन् ।
पुष्पलाल शाखा प्रवन्धक लोकेन्द्र भण्डारीका अनुसार, नेपालगन्जस्थित बैंकको धम्बोझी शाखामा गरिएको कार्यक्रममा ५९ जनाले रक्तदान गरेका हुन् । रक्तदातालाई बैंककातर्फबाट प्रमाणपत्रसमेत प्रदान गरिएको शाखा प्रवन्धक भण्डारीले बताए ।
वार्षिक उत्सवकै अवसरमा शनिवार बैंकले डिजिटल वित्तीय साक्षरताका लागि सचेतना व्यानरसहतिको प्रभातफेरी आयोजना गरेको थियो ।
ग्लोबल आइएमई बैंक पौष १७ गते मंगलबारदेखि स्थापनाको १७ वर्ष पूरा गरी १८ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मंगलबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको साथ–साथै निशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परिक्षण आयोजना गरेको हो ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको जनाएको छ ।
देशभर आयोेजित कार्यक्रममा ९२७ रक्तदाताहरुबाट ४३९ लिटर रगत दान गरिएको छ । यसैगरि निशुल्क रुपमा ७८३ जनाको आँखा जाँच गरिनुका साथै १०४८ जनाको रक्तचाप तथा मधुमेहको परिक्षण एवम् परामर्श पनि प्रदान गरिएको बैंकले जनाएको छ ।