‘काग्रेसमा मलाई ह्यारेस गरिंदैछ’

नेपाल काग्रेस बाकेका पूर्व सभापति गजेन्द्र हमालले जिल्ला पार्टी नेतृत्वबाट आफुलाई निरन्तर ‘हर्यास’ गर्ने काम भैरहेको गुनासो गरेका छन् ।

निर्वाचनका मुखमा आफुलाई जहिले पनि विभिन्न षडयन्त्रमा पार्ने गरिएको भन्दै पूर्व सभापति हमालले पछिल्ला दिनमा त्यसले आफुलाई निकै आक्रोशित पारेको बताए । ‘जिल्लामा पार्टीलाई सफल हुन नदिन एउटा गिरोह जहिले पनि सक्रिय छ’, नेता हमालले दैनिक नेपालगन्जसग भने, ‘तिनै चम्चाहरुको घेरामा अहिलेको पार्टी नेतृत्व पनि घेरिएको छ ।’ हमालले जिल्ला नेतृत्वले पार्टी केन्द्रीय नेतृत्वको निर्देशन समेत अवज्ञा गर्दै मनपरी गरिरहेको आरोप लगाएका हमालले बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भने, ‘… नैतिक रुपमा पार्टी सभापतिले राजिनामा दिनुपर्छ ।’ त्यसलगत्तै हमालस“ग गरिएको प्रश्नमा उनले आफु विरुद्ध जिल्लामा छुट्टै पार्टी गठन गर्न लागेको आरोप लगाइएको र स्पष्टीकरण सोध्ने निर्णय भएको सूचना पाएको दाबी गरे ।

‘त्यसैले पार्टी सभापतिको राजिनामा माग गरेको हु’, पूर्व सभापति हमालले स्थानीय तहको निर्वाचनका लागि बनाइएको संयन्त्रमा समेत आफुलाई नबोलाइएको आक्रोश पोख्दै भने, ‘म कहिल्यै पार्टी विरुद्ध लागिन ।’

पाच बर्षदेखि हिन्दु राष्ट्र र सनातन धर्मको पक्षमा खुलेआम अभियान सञ्चालन गरिरहेका हमाल विश्व वैदिक सनातन धर्म सभाका संयोजक हुन् । उनी बा“केमा मात्रै १ हजार ५ सय बढीलाई अभियानमा संगठित गरिसकेको जानकारी दिंदै भन्छन्, ‘हिन्दु राष्ट्र र सनातन धर्मका लागि थालेको अभियान पार्टी विरुद्ध होइन ।’ हमालले आफुलाई कहिले पार्टी छोडेको र कहिले राप्रपालाई सघाएको जस्ता गलत आरोप लगाएर बदनाम गर्ने गरेकोमा यस पटक पार्टी नेतृत्वलाई प्रमाणित गर्न चुनौति दिएको र नसके राजिनामा दिन चेतावनी दिएको बताए ।

नेपाली काग्रेस बाकेका सभापति किरण कोइरालाले भने पूर्व सभापति हमाल विरुद्ध पार्टीले त्यस्तो कुनै निर्णय नगरेको बताएकी छन् । ‘पार्टीले हमाललाई स्पष्टिकरण सोध्ने कुनै निर्णय गरेको हो ?, दैनिक नेपालगन्जको जिज्ञासामा सभापति कोइरालाले भनिन्, ‘त्यस्तो कुनै निर्णय भएको छैन ।’ उनले आफु हल्लाबाजीमा नलाग्ने बताइन् ।

२०५२ सालमा जिल्ला पार्टी नेतृत्व सम्हालेका हमाल निरन्तर पार्टी संस्थापन विरुद्ध वर्तमान पार्टी केन्द्रीय सभापति शेर बहादुर देउवाका निकट रहे । अहिले आफ्नै पक्षधर देउवा केन्द्रीय नेतृत्वमा रहदा पनि पार्टीमा समेटिन नसकेको प्रति हमाल निराश बनेको उनी निकट भन्छन् ।

प्रतिक्रिया

प्रतिक्रिया