कोहलपुरमा दमकल भित्रियो

बाँकेको कोहलपुर नगरपालिकाले दमकल खरिद गरेको छ । चालु आर्थिक वर्षकै बजेट कार्यक्रम अनुसार दमकल खरिद गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

कार्यालयका लेखा अधिकृत तथा सुचना अधिकारी शरद कुमार बरालले ५९ लाख २५ हजारमा दमकल गरिद गरिएको जानकारी दिएका छन् । नगरपालिका कार्यालयले दमकल आई पुगे पनि सञ्चालन कार्यविधि अझै तयार पारि नसकेकाले तत्काल कसरी सेवा प्रवाह गर्ने भन्ने बारेमा परामर्श गरिरहेको छ । लेखा अधिकृत तथा सुचना अधिकारी बरालले भने, ‘दमकल चालकको टुगों लागिसकेको भएपनि फायरमेन र स्रोत साधानको भने अभाव नै छ ।’

नगरपालिकाले खरिद गरेको दमकलको क्षमता झण्डै ४ हजार लिटर पानी बोक्ने रहेको बताइन्छ ।
नेपालगन्ज उपमहानगर–पालिकामा रहेको एउटा दमकलले बाँके सहित छिमेकी मुलुक भारतका सीमावर्ती गाउ“हरुमा समेत आगो नियन्त्रणका लागि पुग्ने गर्दछ । कोहलपुरमा दमकल थपिएपछि आगलागी नियन्त्रणका लागि सजिलो हुने विश्वास लिइएको छ ।

नेपालगन्ज उपमहा–नगरपालिका कार्यालमा रहेको एउटा दमकल मर्मत हुन नसक्दा त्यसै थन्किरहेको अवस्था छ । हरेक बर्ष बा“केमा आगलागीका घटनामा जनधनको ठूलो क्षति हुने गर्दछ ।

प्रतिक्रिया

प्रतिक्रिया