कानुन पत्रकार समाज बाँके गठन

कानुन दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रम बीच लोकबहादुर शाहको संयोजकत्वमा कानुन पत्रकार समाज गठन गरिएको छ ।

समाजको सचिवमा सचिव बसन्त गौतम र कोषाध्यक्षमा अमृता केसीलाई चयन गरिएको छ । सदस्यहरुमा विश्वराज पछलडङ्ग्या, विनय दीक्षित, अर्जुन ओली, विश्वजित तिवारी, कुसुमा सुवेदी, मधु पौडेललाई चयन गरिएको सचिव गौतमले जानकारी दिए ।

सल्लाहकारहरुमा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष पत्रकार ठाकुर सिंह थारु, नेपालगन्ज उच्च बार एशोसिएनका अध्यक्ष बल बहादुर चन्द, बाँके जिल्ला बार अध्यक्ष उदयराज बर्मालाई चयन गरिएको समाजले जानकारी दिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया