बाँकेको डुडुवा गाउँपालिका होलिया गाउँका आगलागी पीडितलाई लक्षित गरी बुधबार स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
चियर्स क्रियटिभ नेपालले क्विक भोलेन्टियरको संयोजन र वेष्टर्न हस्पिटलको सहयोगमा शिविर सञ्चालन गरेको हो । शिविर संयोजक यम गिरिले शिविरबाट ७० जनाको स्वास्थ्य चेकजाँच तथा निःशुल्क औषधी वितरण गरेको जानकारी दिए ।
स्टाप नर्स कुसुम उप्रेति र प्रियंका ठकुरी स्वास्थ्य चेकजाँच गरेका थिए ।