कम्युनिष्ट आन्दोलनमा देखाएको मूल्य मान्यता आचार्यबाट सिक्नुपर्ने

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले नेता मेघराज आचार्यले कम्युनिष्ट आन्दोलनप्रति देखाएको आदर्श, मूल्य मान्यताबाट सिक्नुपर्ने बताएका छन् ।

कम्युनिष्ट नेता मेघराज आचार्यको १३ औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले नेता आचार्यको कम्युनिष्ट आन्दोलनप्रति देखाएको लगाव साच्चै नै उदाहरणिय रहेको बताए । उनले नेता आचार्यसंग आफ्नो सम्बन्ध नभएपनि मोहनविक्रम सिंह, मोहन वैद्यबाट नै आचार्य कम्युनिष्ट विचारमा दृढ र निरन्तर आन्दोलनमा लागिरहेको कुरा थाहा पाएको बताए ।

नेता आचार्य नेपालको कम्युनिष्ट आन्दोलनको विकल्प नलिई जिवन्त प्रयत्न कम्युनिष्ट प्रति समर्पित रहेकाले हुनाले उहाँमा सवभन्दा ठूलो आदर्श रहेको बताए ।

सांगठनिक रुपमा नेता आचार्यलाई पार्टीले जोडन नसकेपनि उहाँले पार्टीप्रति देखाएको मूल्य मान्यता र योगदानलाई पार्टीले सधै स्मरण गर्ने समेत बताए । महासचिव गुरुङले नेता आचार्यलाई पार्टीको सल्लाहकारको रुपमा राख्न नसकेपनि सल्लाहकार सरह जस्तै रहेको बताए ।

राष्ट्रिय जनमोर्चाका नेता हरि आचार्यले नेता आचार्यको कम्युनिष्ट आन्दोलनमा देखाएको आदर्श, मूल्य मान्यता अरुमा नभएको बताए । नेता आचार्यले राजनीतिकसंगै शिक्षण पेशा अगाल्दै समाजमा रहेका विकृति, विसङ्गतिका विरुद्ध सधै लागेको बताए ।

वेदप्रकाश आचार्यले प्यूठानका कम्युनिष्टका पाँच तारमध्ये एक तारा आचार्य रहेको बताए । उनले आचार्यले राजनीतिकसंगै शिक्षण पेशा पनि अंगालेको भन्दै पढाउदा पढाउदै बीचमा माक्र्सवादका विचारलाई विद्यार्थीलाई सुनाउने गरेको उल्लेख गरे । अशोकविक्रम सिंहले मेघराज आचार्यको भौतिक शरीर नभएपनि विचारलाई अंगाल्नुपर्ने बताए ।

अक्षयकोष स्थापना सोही कार्यक्रममा छोरा प्रकाश आचार्यले वुवा मेघराज आचार्य र आमा रमादेशी आचार्यको नाममा कैलाली र प्यूठानका दुई विद्यालयमा एक लाख ५० हजार रुपियाँका दरले छात्रवृत्तिका लागि अक्षय कोष स्थापना गरेको घोषणा गरे ।

कैलाली स्थित टीकापुर नगरपालिका वडा नं.३ रहेको हिमालय माध्यमिक विद्यालय घिया पुछरी तथा प्युठानस्थित माण्डवी गाउँपालिका वडा नं.३ तिघ्रामा रहेको बागेश्वरी माविमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृति प्रदान गर्नका लागि अक्षय कोष स्थापना गरिएको हो ।

कम्युनिष्ट नेता मेघराज आचार्य ८४ बर्षको उमेरमा यहि कात्तिक ४ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भए । उनका तीन छोरा र पाँच छोरी छन् ।

नेकपाको चौथो महाधिवेशनमा वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी २०४२ सालका वमकाण्डमा तत्कालिन पञ्चायत सरकारले पक्राउ गरेपछि ९ महिना जेल जिवन विताएका थिए ।

त्यसपछि २०५५ सालमा प्रहरीले टीकापुरबाट पक्राउ गरि धनगढीमा नौ महिना बन्दी जिवन विताए । वि.सं.१९९६ साल असार ८ गते प्युठानको तिघ्रामा जन्मिएका नेता आचार्य, कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशन कालदेखि नै कम्युनिस्ट आन्दोलनमा भूमिका निर्वाह गर्दै आएका थिए ।

२०१४ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका आचार्य बनारसमा भएको चौथो महाधिवेशनमा नेता आचार्य, आमन्त्रित केन्द्रीय सदस्यमा समेत चुनिएका थिए । भूमिगत कालमा नेता आचार्य, कैलाली जिल्लामा सङ्गठन बिस्तार तथा आन्दोलनमा सक्रिय थिए ।

कम्युनिस्ट नेताहरू मोहन वैद्य, चित्रबहादुर के.सी., लीलामणि पोख्रेल लगायतका नेताहरूको उनको कैलाली पुछरीमा रहेको घरमा वासस्थान हुने गर्दथ्यो ।

आचार्य ८४ बर्षको उमेरमा यहि कात्तिक ४ गते त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएका हुन् । उनका तीन छोरा र पाँच छोरी रहेका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया