नेपालगन्जन्यूज । नेपाली कांग्रेसबाट नेपालगन्जका मेयरका प्रत्याशी डा. सुरेश कुमार कनाेडियाले नव निर्वाचीत मेयर डा. धवल शमशेर राणालार्इ बधार्इ दिएका छन् । मंगलबार एक विज्ञप्ती प्रकाशित गरी उनले पार्टीका तर्फबाट यस उपमहानगरपालिकामा, उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यमा प्रत्यासी जनप्रतिनिधिहरु तथा मेरा मुख्य प्रतिस्पर्धि विजेता प्रमुख डा. धवल शमसेर राणा, उप प्रमुख उमा थापा लगायत निर्वाचित सबै जनप्रतिनिधिहरुलाई हार्दिक बधाई तथा कार्यकाल सफलताको लागि शुभकामना व्यक्त गरेका हुन् ।

उनले अगाडि भनेका छन्, मुलत: लाेकतान्त्रिक पद्दतिमा निर्वाचन भनेकाे मत परिणामका हिसाबले कुनै एक जनाले जित्ने र अरुले हार्ने बैधानिक प्रक्रिया हाे। जनचाहना बमाेजिम यसपटक मैले मेराे कर्मभुमि यस नेपालगंज उपमहानगरपालिकाको प्रमुखको रुपमा काम गर्ने अवसर पाउन सकिन। तै पनि अादरणीय उपमहानगरबासीका हरेक काम र समस्यासँग नजिक रहेर सामाजिक सेवा र जनसेवाको काममा सदा झै सदैव समर्पित रहने छु र यसबारे मैले नगरबासी महानुभावहरु समक्ष प्रतिबद्धता व्यक्त गर्दछु।

मतदानमा सहभागी सबै मतदाताहरूलार्इ बधाइ दिदै उनले अाजकाे युग समन्वयकाे युग हाे त्यसैले विजेता मित्रहरुले शासककाे रुपमा होइन, अभिभावक र जनसेवक भएर असल जनप्रतिनिधिको रुपमा सबै पक्षसंग सहकार्य गर्दै जनताकाे भलाई र नगरकाे बृहत्तर उन्नति र प्रगतिकाे काम गर्न र जनताका समस्याकाे यथाशिघ्र उचित सम्बाेधन गर्न समेत सजग गराएका छन् ।

प्रतिक्रिया

प्रतिक्रिया