स्रोत नखुलेको रकम सहित एक जना पक्राउ

रंगेली नगरपालिका(८ दर्वेशा बस्ने ६५ वर्षीया ज्योतिदेवी अग्रवाललाई स्रोत नखुलेको नगद ४७ लाख ४९ हजार रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


उनको घरमा स्रोत नखुलेको नगद लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त नगद फेला पारी उनलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

प्रतिक्रिया