नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन: विवादबिचमै सपथ

निर्वाचनको झण्डै एक महिनापछि नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा विजयी उम्मेदवारहरुले शुक्रबार सपथ ग्रहण गर्नुका साथै पदभार ग्रहण गरेका छन् ।


महासचिव पदको न्यायिक निरोपणबिनै नवनिर्वाचित अध्यक्ष टंक धामीले प्रमुख निर्वाचन आयुक्त टिकाजंग सिंहबाट सपथ लिएका हुन् ।


अदालतमा मुद्दा रहेकाले महासचिव पदको भने सपथ हुन सकेन । दुबै दावेदार कार्यक्रममा उपस्थितसम्म भएनन् । ‘असोज ४ गते अदालतले निर्णय दिने भनेपछि अहिले हतारिनु उचित थिएन,’ कार्यक्रममै पूर्व अध्यक्ष सुनीलकुमार शर्माले भने, ‘यो न्यायालयलाई प्रभावित बनाउने चलखेल हो ।’


नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा बहाल टंक बहादुर धामीले कार्यसििमतलाई सपथ ग्रहण गराउँदै अब कुनै प्यानल नरहेको र सबैका एजेन्टा आफुले ग्रहण गरेको बताए ।


धामीसँगै समावेशी प्यानलका हरिलाल न्यौपाने वाणिज्य तर्फका उपाध्यक्ष र उद्योग तर्फको उपाध्यक्षमा समावेशी प्यानलकै चिरञ्जीवि ओली विजयी भएका थिए । उपमहासचिव पदमा पनि प्रजातान्त्रिकका टेक बहादुर खड्का, कोषाध्यक्षमा पनि प्रजातान्त्रिककै मख्खन बहादुर धामी विजयी भएका थिए ।


नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्ष पदमा कार्यभार सम्हाल्दै टंक बहादुर धामीले कार्यसमितिलाई सपथ ग्रहण गराउँदै अब कुनै प्यानल नरहेको र सबैका एजेन्टा आफुले ग्रहण गरेको बताए ।


कुल १० सदस्य पदका लागि भएको निर्वाचनमा समावेशीले ७ सदस्य पद र प्रजातान्त्रिकले ३ सदस्य पदमा जित हासिल गरेको थियो । निर्वाचन कार्यालयका अनुसार, समावेशी प्यानलबाट विष्णु श्रेष्ठ, डम्बरबहादुर चन्द, इन्दिराकुमारी शाही, तोपबहादुर थापा, सुदन केसी, टीकामणि उपाध्याय र बुद्धिबहादुर विके निर्वाचित भएका थिए । साझा प्रजातान्त्रिकबाट शिवप्रसाद दाहाल, युवराज ढकाल र सन्तोषकुमार पौडेल मत सहित निर्वाचित भएका थिए ।


संघको दुई एशोसिएट सदस्य पद तर्फ कमल कुमार कार्की र प्रदिप कुमार गुप्ता तथा वस्तुगत तर्फ किशन गुरुंग विजयी भएका थिए भने हिमलाल पौडेल र विनय श्रेष्ठको बराबर मत आएपछि आधा/आधा बाँडफाँड गर्ने सहमति भएको थियो । दुबैलाई पथथ गराइएपनि पौडेलले पहिलो कार्यकालको जिम्मेवारी सम्हाल्ने सहमति गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया