महानगरमा तालमेल

बैसाख ३१ को चुनावमा दलहरुले एक आपसमा तालमेल गरिरहेका छन् ।

देशका ४ ठूला महानगरहरुमा प्रमुख दलहरु बीचमा तालमेल भएको हो । एमाले र राप्रपाले उम्मेदवारी दर्ता कै समयमा काठमाडौं र ललितपुरमा तालमेल गरेका थिए । काठमाडौंमा एमालेका विद्यासुन्दर शाक्य मेयर र राप्रपाका राजाराम श्रेष्ठ उपमेयरका प्रत्याशी रहेका छन् । यसैगरी उनीहरुबीच ललितपुरमा समेत तालमेल भएको छ ।

उम्मेदवारी फिर्ताको दिन विहिबार कांग्रेस र माओवादी बीच पनि चुनावी तालमेल भएको छ । काठमाडौं, ललितपुर र पोखरा लेखनाथमा कांग्रेसले मेयर र भरतपुरमा माओवादीले मेयरका लागि दुइ दल सहमत भएका हुन् ।

प्रतिक्रिया

प्रतिक्रिया