सडकका पशु राती कान्जी हाउस पुर्याइयो

प्रहरीले सडकमा छाडिएका छाडा पशुहरुलाई कान्जी हाउस पुर्याएको छ । प्रहरीले सोमबार राती साढे आठ बजेपछि पशु नियन्त्रणमा लिएर कान्जी हाउस पुर्याएको थियो ।

सडकमा रहेका छाडा पशुका कारण दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरीसँगको समन्वयमा जिल्ला प्रहरी कार्यालय बाँकेले पशु नियन्त्रणमा लिएर कान्जी हाउस पुर्याएको हो ।

नेपालगन्जको पुष्पलाल चोक, धम्बोजी चोक, बि.पी.चोक, त्रिभुवन चोक, फुल्टेक्रा सडक खण्डबाट धपाई फुल्टेक्रा कान्जी हाउस नेपालगन्जको खोरमा बुझाइएको जिप्रका बाँकेले दिएको छ ।

छाडा पशुका कारण दुर्घटनाको जोखिम बढेको बारे नेपालगन्जन्यूज डटकमले यसअघि समाचार समेत प्रकाशन गरेको थियो ।

यो पनि पढ्नुस्

सडकमा पशु, काञ्जी हाउस खाली

 

प्रतिक्रिया

प्रतिक्रिया