सिटिजन्स बैंक घोटोलामा संलग्न ६ जना अभियुक्त कारागार चलान

उच्च अदालतद्धारा जनही २५ ÷२५ लाख धरौटी माग

नेपालगन्ज :
बैंकमा नक्कली सुन धितो राखेर रकम निकाल्ने गरिएको एउटा गम्भीर अपराधको घटनामा अदालतले बुधवार आरोपीलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नेपालगन्ज शाखामा नक्कली सुनका गहना धितो राखी फर्जी कागज बनाएर बैंकको ३ करोड २७ लाख घोटालामा संलग्नताका ७ जना अभियुक्त संग जनही २५÷२५ लाख धरौटी माग गरेको हो । न्यायाधीश विष्णुदेव पौडेल र ऋषि अधिकारीको संयुक्त इजलासले दुई महिनादेखि थुनामा रहेका ७ जनालाई धरौटी माग गरेको हो ।

बैंकका शाखा प्रबन्धक बिबेक स्वाँर, सहायक प्रबन्धक शंकर जोशी र सुन जाँचकी ज्योति सुनुवारमाथि मिलेमतोमा बैंकलाई हानी नोक्सानी पुग्नेगरि ब्यापारीहरुबाट अनुचित फाइदा दिंदै आएको आरोपमा मुद्दा चलाइएको थियो । उनीहरुमाथि १० जना सुन ब्यबसायीहरुसंग मिलेमतो गरेर मुल्यांकन भन्दा कम परिमाणमा सुन धितो राख्ने, नक्कली कागज बनाएर बैंकलाई हानी पु¥याउँदै आएको आरोप लगाइएको हो ।

धितो भन्दा धेरै ऋण दिने आरोप लागेका ३ जना बैंकका कर्मचारी र ऋण लिने १० जना ब्यबसायी सहित १३ जना बिरुद्ध उच्च अदालत नेपालगन्ज वाणिज्य इजलासमा उच्च अदालत सरकारी वकिल कार्यालयले बंैकिङ कसुरको अभियोगमा मुद्दा दायर गरेको थियो । बैंकका सुनजाँचकी ज्योतिका आफन्तनै यस प्रकरणमा ऋण लिनेमा धेरैजना छन् ।

सुन माफियाको गिरोहले सुन जाँचकी मार्फत बंैकलाई प्रभावित पार्दै लामो समयदेखि उक्त अबैध कार्य गर्दै आएको आशंका छ । प्रवन्धक स्वाँर आउनुअघि देखिनै उक्त अबैध कारोबार हुँदै आएपनि खुलासा भने अहिले आएर भएको सम्बद्ध स्रोतको भनाइ छ । उक्त कुरालाई आधार बनाएर फरार स्वाँरले प्रहरी सामु आत्मसमर्पण गरेको बताइएको छ । बैंक स्रोतका अनुसार, प्रवन्धक स्वाँरलेनै त्यसअघि सुन व्यापारीहरुले गरेको बदमासीबारे प्रहरीमा जाहेरी दिएपछि अनुसन्धानको कानुनी प्रक्रिया सुरु भएको थियो ।

बैक घोटाला काण्डमा बैंकका क्षेत्रीय प्रवन्धक स्वाँर, शाखा प्रवन्धक आचार्य, सुनजाँचकी सुनारसँगै सुन धितो राख्ने ब्यापारीहरु रमेश सुनार, दीपक विश्वकर्मा, दीपेन्द्र विश्वकर्मा, इश्वर सुनार सहित १३ जना रहेका थिए । ती मध्ये इश्वरले जाहेरी ९ दिनमै आफ्नो ऋण रकम २६ लाख ‘सेटल’ गरेपनि अन्य सरह सजायको भागीदार भएका छन् । उनले आदेश बमोजिमको २५ लाख धरौटी राखेर रिहा भएका छन् ।
१३ जना अभियुक्तहरु मध्ये ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अदालतमा पेश गरेको थियो भने पुर्ण ब सुनार, भीम ब विक, गंगाराम बिक लगायत ६ जना अभियुक्तहरु अझै फरार छन् । उक्त बैकिङ कसुरको मुद्दा उच्च अदालत नेपालगन्जको बाणिज्य इजलाशबाट घोटालामा संलग्न ७ जना अभियुक्तसंग जनही २५÷२५ लाख धरौटी माग भएको उच्च अदालत नेपालगन्जका रजिष्ट्रार हिरण्य प्रसाद भण्डारीले जानकारी दिए । भने अन्य अभियुक्तहरु धरौटी बुझाउन नसकेपछि कारागार चलान भएका हुन् ।

अभियुक्तहरु माथि बैकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा १५ (३) क बजोजिम तौल बढाई कर्जा प्रवाह गरि बैकलाई हानी नोक्सानी भएको साँवा र ब्याज समेतको बिगो भराउन माग गर्दै मुद्दा दायर गरिएको थियो ।

सम्बद्ध स्रोतका अनुसार, बैंकको आन्तरिक लेखा परीक्षणका क्रममा ३ करोड २७ लाख रुपिया नोक्सानी खुलासा भएको हो । ‘त्यस लगत्तै बैंक सञ्चालक समितिले ऋणी विरुद्ध जाहेरी दिन शाखा प्रवन्धक स्वाँरलाई अख्तियारी दिएको थियो,’ मुद्दा आउँदा उनै स्वाँर प्रतिवादीका रुपमा आएको जानकारी दिंदै स्रोतले भन्यो, ‘२०७० देखि २०७३ फागुनसम्म प्रवन्धक रहेका अरविन्द प्रसाद रेग्मीको धनगढी सरुवा भएपछिको दुई दिनमा स्वाँर क्षेत्रीय प्रवन्धकको जिम्मेवारी सम्हालेका थिए ।’ त्यसबीचको प्रवन्धक विहीन अवस्थामा गम्भीर चलखेलको आशंका पनि गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया