संघीय संरचनामा प्याब्सन बाँके

निजी तथा संस्थागत विद्यालयहरुको संगठन, प्याब्सनले राज्य पुनर्संरचना अनुसार संरचना बिस्तार गरेको छ । सात वटै प्रदेश संरचनामा गएको प्याब्सनले बाकेमा स्थानीय तहमा आफ्नो संरचना बिस्तार गरेको हो ।

 
प्याब्सन बाकेका अध्यक्ष डा. राजेश केशर खनालका अनुसार, शुक्रबार कोहलपुर र बैजनाथमा संरचना बिस्तार गरिएको छ । यम बहादुर रावतको अध्यक्षतामा ७ सदस्यीय कोहलपुर शाखा र लक्ष्मण सिंह ठकुरीको अध्यक्षतामा ५ सदस्यीय बैजनाथ शाखा बिस्तार गरिएको हो । ‘यसैसाता नेपालगन्ज र खजुरा शाखा बिस्तार गरिनेछ’, अध्यक्ष डा. खनालले दैनिक नेपालगन्जसग भने, ‘बा“की तहमा फोकल पर्सनका रुपमा संयोजनकारी भूमिकाका
लागि जिल्लाबाटै प्रतिनिधि तोकिने छ ।’

 
नया“ संरचना अनुसार, केन्द्र, राज्य (प्रदेश), जिल्ला समन्वय समिति र स्थानीय तहमा प्याब्सनका कार्यसमिति रहने छन् । ‘जिल्ला अब केवल समन्वय समिति मात्रै रहनेछ’, प्याब्सन बा“केका सचिव समेत रहेका कोहलपुर अध्यक्ष रावतले दैनिक नेपालगन्जस“ग भने, ‘स्थानीय तहका कमिटि कार्यकारी हुनेछन् ।’

 
कोहलपुरमा बाल विद्या मन्दिरका सञ्चालक गोविन्द सुवेदी सचिव र निम्बल एकेडेमीका रामेश केसी कोषाध्यक्ष चुनिएका छन् । अध्यक्ष रावत बागेश्वरी एकेडेमीका सञ्चालक हुन् । सदस्यहरुमा ग्रिन पिसका प्रभात भारती, डाइनामिकका रविन्द्र रेग्मी, बाल ज्योतिका चिरञ्जीवि सुवेदी र दिपज्योतिका मुक्ति शाह सदस्य छन् ।

 
जिल्ला अध्यक्ष डा. खनालले ७८ वटा प्याब्सन सम्बद्ध संस्थागत विद्यालयहरु मध्ये अधिकांस नेपालगन्ज, कोहलपुर र खजुरामा रहेको जानकारी दिए । राज्य पुनर्संरचनाका क्रममा स्थानीय तहलाई अधिकार सम्पन्न बनाइ“दा संविधानतः नै कक्षा १२ सम्मको नियामक अधिकार स्थानीय तहलाई दिइएको छ । ‘कतिपय पाठ्यक्रम समेत स्थानीय तहले तयार गर्ने अधिकार छ’, अध्यक्ष डा. खनालले भने ।

प्रतिक्रिया

प्रतिक्रिया