शिक्षकलाई समाबेशी शिक्षा तालिम

बाँके युनेस्को क्लब बर्दिया राजापुर नगरपालिकामा रहेका माध्यामिक बिद्यालयका शिक्षकहरुकालागि समाबेशी शिक्षा र बालबालिकाहरुको कार्यगत सिमितता सम्बन्धी तालिम सञ्चालन गरेको छ ।

आयोजकका अनुसार, खासगरी वाशिंगटन समूह प्रश्नावली अनुसार बालबालिकाहरुको कार्यगत सिमिता पहिंचान गर्ने र त्यसको तथ्यांक अपडेट गरी त्यस्ता बालबालिकाहरुको आबश्यकता सम्बोधन गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो ।

बाँके युनेस्को क्लबका अनुसार, प्लान नेपालसँगको साझेदारीमा बर्दिया जिल्लाका राजापुर, गुलरीया, बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा संचालन भइरहेको समावेशी शिक्षा र अपाङ्गता समावेशीकरण परियोजना अन्तरगत यसखालको तालिम संचालन गरिएको छ ।

बाँके युनेस्को क्लबका संरक्षक एवं पूर्व अध्यक्ष राजेन्द्र चौधरीको अध्यक्षतामा गरिएको तालिम शुभारम्भमा क्लबका कार्यक्रम संयोजक महेश नेपालीले बिद्यालय तथा समाजमा अपांगता भएका ब्यक्ति र बालबालिकाहरुले अनेक किसिमका अप्ठयाराहरुको सामना गरिरहेको औल्याए । उनीहरुका ती जटिलताहरुको न्युनिकरण गर्न सम्बन्धित पक्ष त्यति गम्भिर नदेखिएको अबस्थामा बिशेष गरी कार्यगत सिमितताको पहिंचान गरी उनीहरुको आबश्यकता सम्बोधन गर्ने र बिद्यालयलाई अपांगता मैत्री बनाउनुपर्ने कुरामा कार्यक्रम संयोजक नेपालीको जोड थियो ।

तालिमको सहजीकरण बिषय बिज्ञ रामलाल धामीले गरिरहेको क्लबले जनाएको छ ।

तीन दिनसम्म सञ्चालन हुने तालिम अबधी भर सहभागीहरुलाई वाशिंगटन समूह प्रश्नावली अनुसार बालबालिकाहरुको कार्यगत सिमितताको पहिंचालन सम्बन्धी ज्ञान, सिप हासिल गरी आ–आफ्नो बिद्यालयको बालबालिकाहरुको कार्यगत सिमितता पहिंचान योजना बनाउने र सोही अनुसार कार्य गर्न प्रतिबद्ध बनाउने अपेक्षा रहेको क्लबले जनाएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया