क्यान्सर अस्पतालका लागि स्रोत खोज्दै

दैनिक नेपालगन्ज बाँकेको खजुरा स्थित प्रखर परोपकार मिसन नेपालले क्यान्सर अस्पतालका लागि स्रोत खोज्न पहल सुरु गरेको छ ।

प्रखरका अध्यक्ष महेन्द्र मल्लको अध्यक्षतामा सोमबार बसेको दोस्रो पूर्ण बैठकले क्यान्सर अस्पताल विकास समितिमा मल्ल सहित निवर्तमान अध्यक्ष किस्मत कुमार कक्षपति र शेर बहादुर बुढालाई मनोनयन सिफारिस गर्दै स्रोतको खोजीमा विभिन्न पहलकदमी अघि सार्ने निर्णय गरेको हो ।

समितिका महासचिव ई. विवेक लामिछानेका अनुसार, अस्पतालको समग्र विकासका लागि मन्त्रालयमा डेलिकेशन जाने, क्यान्सर कोष रकम विनियोजनका लागि लुम्बिनी प्रदेश सरकारलाई अनुरोध गर्ने लगायतका निर्णय गरिएको हो । महासचिव लामिछानेका अनुसार, कार्यसमितिमा विभिन्न पद मनोनयन पनि गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया

प्रतिक्रिया