विकासको पर्खाइमा चिडिमार

रुपा गहतराज

नेपालगन्जको उपमहा–नगरपालिकाको एउटा वडामा रहेको चिडिमार समुदाय । नगर संग जोडिएको त्यो बस्ती वडा न. १२ मा पर्छ । बेलासपुर टोल भनेर चिनिन्छ । जुन बस्ती आज पनि सडक, बिजुली, पानीको पर्खाइमा छ । बर्र्षौ देखि बस्दै आएका चिडिमार समुदायको बाक्लो बस्ती छ । गल्ली पिच्छे फोहरका डंगुर छन् । नगरमा कहिलेकाही देखिने नगरपालिकाको ट्याक्टर चिडिमार बस्तीमा अभैm पुगेको छैन । जहा ३ सय भन्दा बढी चिडिमार समुदायको बसोबास
छ ।
उपमहानगरपालिका भएर पनि सेवा सुविधा छैन । नामको उपमहानगरपालिकाको वडा हो भन्दै स्थानीय जोगी चिडिमारले आफनो गुनासो सुनाए । उनले भने, ‘चुनावका बेला सबै नेता आए अब विकास होला नहोला समयले
बताउला ।’ आर्थिक अवस्था कमजोर भएका कारण एसएलसी पछिको अध्ययन बढाउन नसकेका उनी पेन्टिङ्गको काम गर्छन् । उनी चिडिमार समुदाय धेरै गरिब भएका कारण पढ्न नसक्ने बताउछन् । ‘पढ्न खोज्यौ भने भोकै बस्नुपर्ने अवस्था आउछ’, जोगी चिडिमार भन्छन्, ‘पढेपनि रोजगारीको अवसर छैन ।’
बेलासपुमार उपमहानगर–पालिका भनेर चिनेर कुनै काम भएको छैन । बर्षात्मा डुबान पर्ने ठाउ“ हो बेलासपुर । उनले स्थानीय ६ कक्षा सम्मको विद्यालयमा १० कक्षामा पढ्ने वातावरण मिलाउनु पर्ने बताए । उनका अनुसार, चिडिमार समुदायका युवा पढ्दापढ्दै विदेश जान्छन् पढाइलाई निरन्तरता पनि दिन सक्दैनन्, स्वदेशमा बस्न पनि पाउ“दैनन । उनले भने, ‘पढाइ छाडेका युवा लाइ सिपमूलक तालिम आवश्यक छ ।’
उनीजस्तै अधिकांश चिडिमार समुदायका युवाहरु पढाइ छाडेर पनि सिपमुलक रोजगारी मा लागेका छन् भने पढेका जतीले पनि रोजगारी पाएका छैनन । यस्तै अर्का युवा तिरथ राम चिडिमार आफ्नो समुदायको समस्या भनेको अशिक्षा र गरिबी भएको बताउछन् । उनले भोट माग्नेले बाटो सडक भवन बनाउ“छौ भनेर भोट मागेको बताए । आर्थिक अवस्था कमजोर भएका कारण नै पाच कक्षासम्म पढ्न पाएका तिरथराम अशिक्षाका कारण नै निर्वाचनमा वडा नं. १२ को धेरै मत बदर भएको बताउछन् । उनले भने, ‘भोट हाल्ने कुरा बारे जानकारी नह“ुदा धेरै भोट बदर भएको छ ।’
शिक्षाको आवश्यकता बुझेका उनले भने,‘हामीलाई भत्ता चाहिन्न । निःशुल्क शिक्षा चाहिएको छ । पढेभने उनीहरु भोलि आप्mनो लागि आफै गर्न सक्छन् ।’
नेपाली काग्रेसबाट निर्वाचित महिला सदस्य चन्दा चिडिमार वडा नं १२ का लागि बाटो लाई प्राथमिकतामा राखेकी छन् । उनले वडा नं १२ को विकास आवश्यक भएपनि पिछडिएको चिडिमार बस्तीमा बाटोको विकास गर्ने पहिलो प्रयास रहने बताइन् । उनले भनिन्, ‘बस्तीको चारै तिर फोहर थुपरिएको छ । सबैले पालैपालो नालीमा जमेको फोहर उठाएर फाल्छौ । नगरपालीका फोहर उठाउन आउदैन ।’
फोहर पछि उनको दोस्रो प्राथमिकता बाटो र पानी रहेको छ । बाटोको अवस्था राम्रो छैन नालीको ब्यबस्था छैन । खानेपानीको ट्यांकी छैन । यसको ब्यवस्थाका लागि पहल गर्ने छु । आर्थिक अवस्था न्यून भएका अधिकांश चिडिमार दैनिक मजदुरी गरेर जिविका निर्वाह गर्छन् सबैका घरमा चर्पी समेत छैनन् । अनुदानका भरमा चर्पी बनेका छन् तर प्रयोग कमै मात्रले गर्छन् । गैरसरकारी संस्थाहरुले चर्पी र शिक्षामा लगानी गरेका छन् ।
वडा नं १२ की ४५ बर्षिय सुरुती चिडिमारले नाली नहु“दा समस्या भएको बताइन् । उनले भनिन,‘पानी पर्दा हिड्न गाह्रो
छ ।’ उनले सबैको घरमा चर्पिको ब्यबस्था नभएको बताइन् । चिडिमार समुदाय अल्पसंख्यकमा पर्छ भन्ने पनि उनलाई थाहा छैन ।
५० बर्षिया जलबर्सी चिडिमार हिलो र घा“समा हिडनुपरेको बताउ“छिन् । मत माग्न आउ“दा नेताहरुले बनाउ“छौ भनेका छन् । उनले भनिन्,‘सडक बत्ति पानिको ब्यबस्था गर्छौ भनेर गएका छन् । तर काम गर्छन गर्दैनन हेर्न बा“की छ ।’ उनले भनिन्, ‘अब उनीहरुले काम गरेनन् भने जनताले छाड्नेवाला छैनन् ।’ उनका छोराहरु रोजगारीका लागि घर बाहिर छन् । जलवर्सीलाई चुनाव भएर विकास हुने आशाा छ । उनले भनिन्,‘अब राम्रो विकास चाहिएको छ । उनका अनुसार पुराना दिनमा बाटोमा दिसा बस्ने बानीमा परिवर्तन भएको छ । तर विकास भने पुरा हुन सकेको छैन ।

अनिता चिडिमार संस्थाहरुले केही दिनको तालिम दिएर मात्र जाने गरेको बताइन् । उनले भनिन्, ‘तालिम दिएर
जान्छन् । पछि फर्केर आउदैनन् ।’ उनले भनिन्,‘सिप दिएर मात्र के गर्नु ब्यापार गर्न उपकरण दिएमा पो आफै ब्यापार गर्छौ ।’ साविक १६को वडा नं १२ रामु चिडिमार समुदायको समस्या भन्दा पनि पहिलो प्राथमिकता वडा न. १२ को विकास भएको बताउछन् । उनले भने, ‘२० बर्ष देखि बाटो लथालिङ्ग भएको छ ।’ वडाको विकासको लागि बाटो ढलको ब्यबस्था गर्नुपर्यो ।

चिडिमार समुदायका युवाहरु बेरोजगार भएको बताउ“दै उनले रोजगारीको सुनिश्चितता नै जनताको अपेक्षा रहेको सुनाए । उनले भने, ‘जनप्रतिनिधिको चुनाव नभएकाले आफ्ना अधिकारका बारेमा बेखबर चिडिमार बस्तीमा जितेका उम्मेदवारले समुदायको समस्या बुझेर सेवा सुविधा पुर्याउनु पर्छ ।’

प्रतिक्रिया

प्रतिक्रिया