खेलाडीको कुम्भ मेला सफल पारौं

हेमन्तराज काफ्ले
नेपालगन्ज आफैमा विविधतामा एकता भएको सहर हो यसलाई सद्भावको सहरको रुपमा पनि मान्न सकिन्छ । विविध जाती धर्म भएका मानिसहरु उहीँ फुलबारीका फुल झै मिलेर बसेका छन् । यसैमा आगामी वैशाख ५ गतेदेखि हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता नेपालगन्ज मै हुनु भनेको यो जंग बहादुरको सहर नेपालगन्जलाई न्याय गर्नु हो । निकै कसरत गरेका छन् यहाँका खेल प्रेमीहरुले अझ क्षेत्रीय खेलकुद अध्यक्ष भिम ओलिको अथक मिहिनेतको कुनै मुल्यांकन छैन सलाम छ उनको प्रयास लाई ।

 
राती या दिउँसो निकै कठिन चुनौतीका साथ उनले योजना देखाएका छन् । निकै मिहिनेत गरेका छ यो सफल बनाउन । नेपालगन्ज आफैमा खेल प्रेमीको सहर हो कयौ क्रिकेट खेलाडीहरु अनि ओलम्पियनहरुको जन्म गराउने सहर अनि खेल प्रेमीको रहर बोकेको सहर । राष्ट्रकै पहिचान भएको र खेलाडीहरुको खेलको कुम्भ मेला नै नेपालगन्जमै हुनु भनेको एक अवसर हो यहाँका मानिसहरूका लागि । यो सबैको साझा हो सबैले मिलेर यसलाई सफल बनाउनु पर्छ । सबै क्षेत्रमा राजनीतिले तनाव दिएको बेला राजनीतिको हस्तक्षेप बिना खेल गराउन खोज्नु र सफल बनाउन खोज्नु निकै ठूलो उपलब्धी हो भिम ओलीको । उहाँको एक पहिचान हो कि हामी सब एक हौं भन्ने । सबै क्षेत्रको निकै ठूलो योगदान छ खेलकुदलाई यहाँसम्म पुर्याउन । आठौं राष्ट्रिय खेलकुदको मिति घोषणा हुनु भनेको अब ढुक्क सङ्ग नेपालगन्जीयाहरुले पूर्ण तयारी गर्नु हो । सबै क्षेत्रकाले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु पर्छ र आफ्नो पहिचान बनाउनका साथै नेपालगन्जको साख बचाउनु पर्छ र धार्मिक सहिष्णुताका साथै बिबिध पहिचान देखाउन सक्नु पर्छ । राष्ट्रिय खेलकुद परिषद्ले जारी गरेको खेलतालिका अनुसार बाँकेमा १७ वटा खेल हुनेछ ।
त्यसैगरी दाङमा ७, रुपन्देहीमा ४, बर्दियामा ४ तथा ललितपुर, कास्की, कपिलवस्तु र काठमाडौंमा एक–एक खेल आयोजना हँुदैछ । वैशाख ५ गते औपचारिक उद्घाटन गरिने प्रतियोगिता अन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याड्सबल, कराँते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, ट्रायथलन र पुरुष क्रिकेटका खेल हुने भएका छन् ।
दाङमा महिला फुटबल, एथ्लेटिक्स, कराँते, ब्याडमिन्टन, बास्केटबल, आइटिएफ तेक्वान्दो र महिला क्रिकेटका खेल हुँदै छन् । यस्तै रुपन्देहीमा शारीरिक सुगठन, सफ्ट टेनिस, लङ टेनिस, तेक्वान्दोका खेल आयोजना हुँदै छन् । बर्दियामा कबड्डी, बुद्धिचाल, खोखो, सेपाकताक्रोका खेल हुँदैछन र ललितपुरमा स्क्वास, कास्कीमा प्याराग्लाइडिङ, कपिलवस्तुमा कुस्ती र काठमाडौंमा गल्फ प्रतियोगिता गरिने भएको छ । यसरी देशै भरीका हजारौं खेलाडीहरुलाई स्वागत गर्न पाउनु निकै खुसिको कुरा हो । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर पाउनु नेपालगन्ज क्षेत्रका लागी एउटा ठुलो अवसर र गौरबको बिषय पनि हो । यहाँ बनेका खेल मैदान अनि सम्पुर्ण सामाग्रीहरु दिगो सम्म रहि रहने र विविध खेलका लागि पछि पनि सहज हुने छ । प्रतियोगिता आयोजना गर्नाले देशैभरीका करीब पाँच हजार खेलाडी, प्रशिक्षकहरु नेपालगन्जमा सहभागी रहने हुनाले नेपालगन्ज क्षेत्रको प्रर्यटन तथा अर्थतन्त्रमा थप टेवा मिल्ने देखिएको छ ।
नेपालगन्जमा खेलाडी एवम प्रशिक्षकले बास बस्ने होटेलदेखि खानपान लगायत सवारी साधन एबम सबै चिजमा केही न केही थप चलायमान हुने र नेपालगन्जको चिनारी बोकेर देशैभर जाने भएकाले पनि आठौं प्रतियोगिता आयोजना गर्न पाउनु नेपालगन्जबासीका लागि एउटा अवसर र गौरबको बिषय हो । हामी सबै क्षेत्रका ले यो सुनौलो अवसरलाई सरल र सहज तरिकाले सफल गरायौ भने देशभरी नेपालगन्जको बेग्लै चर्चा बन्ने छ । हामी सबैको सपना महानगर बनाउने एक खुड्किलो हो यो राष्ट्रको गौरवमय खेलहरु । आउनुहोस्, यो गौरवको क्षणलाई समयमा चिनेर सबै लागौ र सफल बनाउ यो अबसर हो सबैको । यो अबसर हो सबैको आफ्नो पहिचान चिनाउने नेपालगन्जलाई महानगर बनाउने रहर भित्रको सपना पूरा गर्ने । अनि खेलको सहरको रुपमा बिकास गर्नका साथै खेलाडीको यो कुम्भ मेला सबै मिलेर सफल पारौ । जय खेलकुद ।

प्रतिक्रिया

प्रतिक्रिया