स्वच्छ निर्वाचनका लागि आचारसंहिताको प्रभावकारी कार्यान्वयन

निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शि तथा भयमुक्त वातावरणमा सम्पन्न गर्नका लागी निर्वाचन आयोगले आचारसंहिता जारी गरेको भएता पनि सरकार र सम्बन्धित पक्षले यसको पूर्ण रुपमा पालना गरेको देखिदैन । स्वच्छ निर्वाचनका लागि निर्वाचन आचारसंहिताको पालना सम्बन्धित सवैले पालन गर्नु पर्ने हुन्छ ।

निर्वाचन आयोगले निर्वाचन चिन्ह अंकित टोपी टिसर्टको प्रयोग नगर्न भनेता पनि त्यसको पालना हुन सकेको
देखिदैन । निर्वाचन चिन्ह अंकित टोपी र टिसर्ट प्रयोग ब्यापक रुपमा भैरहेको छ भने कुनै मठ, मन्दिर, गुम्बा, मस्जिद, चर्च वा कुनै धार्मिक स्थल प्रयोग गरी निर्वाचन सम्बन्धी प्रचार–प्रसार गर्न वा गराउन नपाइने ब्यवस्था र निर्वाचन सम्बन्धी प्रचार–प्रसारको लागि धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक स्थल वा सार्वजनिक संस्थाको भवन, स्मारक, पर्खाल, सडक, खम्बा वा संरचना लगायत कुनै पनि सार्वजनिक स्थानमा पर्चा टाँस्न वा टाँस्न लगाउन नपाइने भएता पनि केही निषेधित स्थानमा पोष्टर पम्पलेट टाँसेको पाईएको छ । आचारसंहिता बिपरित केही उम्मेदवारले सुभकामनाका नाममा ठुला आकारका पोष्टर टाँगेको पनि पाइएको छ ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहका सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राष्टिूय अनुसन्धान विभाग र प्रदेश प्रहरीका कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल, उम्मेदवार तथा उम्मेदवारसँग सम्बन्धित व्यक्ति, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, निजी तथा गैरसरकारी संस्था, आयोगले तोकेका अन्य निकाय वा व्यक्तिले निर्वाचनको आचार संहिता पालना गर्नु पर्ने हुन्छ । तर ब्यवहारमा हेर्दा कतिपय निकाय र ब्यक्तिले आचार संहिताको पालना गरेको पाइएएको छैन ।
धर्म, सम्प्रदाय, जातजाति, लिङ्ग, भाषा, वर्ग, क्षेत्र वा समुदायको आधारमा घृणा वा द्वेष उत्पन्न हुने गरी कुनै क्रियाकलाप गर्न वा गराउन हुदैन । उम्मेदवार वा राजनीतिक दलको सदस्यको निजी जीवनलाई आघात पर्ने गरी आलोचना गर्न हुदैन । तर उम्मेदवार वा राजनीतिक दलको सदस्यको नीति तथा कार्यक्रम र विगतमा निजले गरेको कामको बारेमा आलोचना गर्न बाधा पर्ने छैन । कुनै साम्प्रदायिक भावना फैलाउने गरी मत माग्न वा प्रचार प्रसार गर्न वा गराउन हुदैन ।

प्रचलित कानूनबमोजिम निर्वाचन सम्बन्धी कसूर मानिने कार्य गर्न वा गराउन वा त्यस्तो कार्य गर्न उक्साउन हुदैन । उम्मेदवार वा राजनीतिक दलले नेपाल सरकार, सार्वजनिक संस्था, स्थानीय तह वा कुनै परियोजनाको साधन स्रोत र सम्पत्ति आफ्नो पक्ष वा अर्काको विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन पाइदैन ।
मतदातालाई नगद, जिन्सी वितरण गर्न, भोजभतेर आयोजना गर्न वा मादक पदार्थ सेवन वा वितरण गर्न वा नपाईने ब्यवस्था भएता पनि छिटफुट रुपमा ग्रामिण भेगमा यस्ता कार्यहरु लुकिछिपी भैरहेको बताइन्छ । यस्तै निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नपाईने भएता पनि केही राजनैतिक दल र उम्मेदवारले वालबालिका हरुको प्रयोग गरेको पाईएको छ । सार्वजनिक आवागमनमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, ¥याली, बैठक, भेला वा प्रचार प्रसार गर्न वा गराउन नहुने ब्यवस्था आचार संहिताले गरेता पनि उम्मेदवारले निर्वाचनको प्रचार प्रशार गर्दा यो कुरालाई त्यति ध्यान दिएको पाइएको छैन ।

 

नागरिक वा व्यक्तिको स्वतन्त्रता सम्बन्धी हकको हनन नहुने गरी सभ्य तरिकाले जुलुस तथा आमसभा गर्नु पर्ने तथा कसैको विचारको विरोध गर्दा निजको घरको आसपास विरोध गर्न र प्रदर्शन गर्न वा गराउन नहुने । स्थानीय प्रशासनको अनुमति नलिई उम्मेदवार वा राजनीतिक दलले सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, ¥याली, बैठक वा भेला गर्न वा गराउन हुदैन । उम्मेदवार वा राजनीतिक दलले जुलुस, आमसभा, ¥याली, बैठक वा भेला गर्नु अघि सुरक्षा प्रवन्धको लागि स्थानीय प्रशासन र प्रहरीलाई समय, मिति, मार्ग र स्थानको बारेमा कम्तिमा ४८ घण्टा अगावै जानकारी गराउनु पर्दछ ।

उम्मेदवार वा राजनीतिक दलले अधिकार प्राप्त अधिकारीबाट अनुमति लिई प्रयोग गरेको सवारी साधनमा ३ फिटह५ फिट भन्दा ठूलो आकारको ब्यानर वा झण्डा प्रयोग गर्न वा गराउन नपाईने ब्यवस्था भएता पनि कतिपय उम्मेदवारले आचार संहिताको उल्लघंन गर्दै ठुलो आकारको ब्यानर र झण्डा पनि प्रयोग गरेको देखिएको छ । सवारी साधनमा ३ फिट × ३ फिट भन्दा ठूलो आकारको पोष्टरको प्रयोग गरे गराएमा त्यो आचारसंहिता विपरित हुने भएता पनि उम्मेदवारका सवारी साधनमा तोके भन्दा ठुलो आकारको पोष्टरको प्रयोग भएको देखिन्छ ।

 

निर्वाचनका सन्दर्भमा भारतिय र नेपाली नम्बर प्लेटका गाडीहरु उल्लेख्य मात्रामा प्रयोगमा आएको देखिएकाले आचारसंहिताले तोके भन्दा बढी गाडी प्रयोग भए नभएको बारेमा सम्बन्धित पक्षले अनुगमन गरि आचारसंहिताको प्रभावकारी पालना गराईनु पर्दछ ।
जुलुस वा आमसभामा भाग लिने व्यक्तिले १० इन्च × १८ इन्च भन्दा ठूलो आकारको झण्डा प्रयोग गर्न वा गराउन हुदैन । उम्मेदवार वा राजनीतिक दलले आयोजना गरेको जुलुस, आमसभा, ¥याली, बैठक, भेला वा निर्वाचन कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पु¥याउन कार्य गर्न हुदैन । एकभन्दा बढी उम्मेदवार वा राजनीतिक दलले एकै समयमा एउटै स्थान वा मार्गमा जुलुस, आमसभा, ¥याली, बैठक वा भेला गर्न वा गराउन हुदैन । प्रचलित कानून वा स्थानीय प्रशासनले निषेध गरेको सामग्री जुलुस, आमसभा, ¥याली, बैठक वा भेलामा प्रदर्शन वा प्रयोग गर्न वा गराउन नहुने । जुलुस, आमसभा, ¥याली, बैठक, भेला वा प्रचार प्रसारका कार्यक्रम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्नुपर्दछ ।

 

मतदानको दिनभन्दा ४८ घण्टा अघिदेखि मत परिणामको घोषणा नभएसम्म जुलुस, आमसभा, ¥याली, बैठक वा भेला आयोजना गर्न, नारा लगाउन वा राजनीतिक दल वा त्यस्तो दलसँग आवद्ध संस्थाको झण्डा, निर्वाचन चिन्ह वा प्रचार प्रसार हुने कुनै सामग्री प्रयोग वा प्रदर्शन गर्न वा गराउन हुदैन । आमसभा गरेको स्थल र समयमा बाहेक अन्य स्थल र समयमा माइक तथा लाउडस्पिकर र ध्वनी उत्पन्न गर्ने अन्य यन्त्र प्रयोग गर्न पाईदैन । निर्वाचन प्रचार प्रसारको क्रममा मोटरसाइकल लगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडा जस्ता सवारी साधनको ¥याली गर्न वा गराउन नहुने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा उल्लेख गरिएका कुराहरुलाई ब्यवहारिक रुपमै कार्यान्वयन गराउन जरुरी छ ।

 

अन्तमा स्वच्छ, निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि उम्मेदवार, राजनैतिक दलका साथै सम्बन्धित निकायहरुले इमान्दारीपूर्वक आ–आफ्नो जिम्मेवारी र दायित्व बहन गर्न ÷गराउन जरुरी छ । यसै गरि निर्वाचन आचारसंहिता अनुगमन गर्ने संयन्त्रहरु, केन्द्रीय निर्वाचन आचार संहिता अनुगमन समिति, निर्वाचन आचार संहिता अनुगमन इकाई, उच्चस्तरीय अनुगमन टोली र जिल्ला निर्वाचन आचार संहिता अनुगमन समितिहरुले पनि निर्वाचनको आचारसंहिता पालना भए नभएको बिषयमा प्रभावकारी अनुगमन गरि आचारसंहिता बिपरितका क्रियाकलाप रोक्न प्रभावकारी भुमिका खेल्न जरुरी छ । (लेखक निर्वाचन राष्ट्रिय निर्वाचन समिति
(नियोक) मा आवद्ध छन्)

प्रतिक्रिया

प्रतिक्रिया