स्वप्न नगरी

युद्धको संखनाद भैसकेको छ । विर बाहुबली योद्धाहरु तैनाथ भएका छन् । सेनाहरु युद्धरत हुन तैयार छन् । क्षत्रपहरु ब्यू“हरचनामा चुर्लुम्म डुबिसकेका छन् । केहि योद्धाहरु यस युद्धलाई अलि पर धकेल्नमा प्रयासरत छन् । विभिन्न सेनापतिहरुले आ–आफ्नो सेनामा साना साना क्षेत्राधीपतिहरुको नियुक्ति पनि लगभग पुरा गरिसकेका छन् । कसैलाई आफ्नो धनबलको गर्व छ भने कसैलाई आफ्नो बाहुबलको धमन्ड छ , कसैलाई आफ्नो संख्या बलमा अति विश्वास छ ।

ठिकै छ लड्नुस नत नेताजीहरु तर यो लडाई हो के का लागि ? के यस्को एकमात्र लक्ष्य स्वयम तपाई हुनुहुन्छ ? के यस्ले तपाईहरुको सत्तामोह , शक्तिवर्धन आफन्त एवंम चाटुकारहरुको कल्याणको मात्र लक्ष्य राखेको छ । यो प्रश्नहरुले आफ्नो उत्तर खोज्दैे छन् । वास्तवमा यो युद्धको एकमात्र लक्ष्य हुनुपर्छ एक ‘स्वपनिल शहर’ को सम्भावित विकास । गर्न नसकिने होइन यो तर भागिरथी प्रयासहरुको खाँचो हुने छ । हाम्रै नगरमा विकासका असिम सम्भावनाहरु छदैं छन् ।

भारतले हालसालै अन्तरिक्षमा एकै दिन अनेक राष्ट्रहरुको रकेटहरुको प्रक्षेपण गरेको सन्दर्भलाई नियालौं । ति रकेटहरु अमेरिका, व्रिटेन जस्ता अनेक विकसित राष्ट्रहरुका प्रतिनिधित्व गरिरहेका थिए तर प्रक्षेपण गर्ने भु–भाग भारतको
थियो । जसले गर्दा अन्य देशहरुको फाइदाको साथै भारतलाई पनि विशेष फाइदा हुन पुग्यो । यस्तै किसिमले पर्यटनको क्षेत्रमा हाम्रो नेपालगन्ज प्रक्षेपणको प्लेटफार्म हुनसक्ने प्रबल सम्भावनाहरु छन् ।

अति गर्मि हुने नेपालगन्ज (४५ डिग्री सेन्ट्रिग्रेड) भन्दा मात्र २–३ घण्टा सडक मार्गबाट (२५ डिग्री सेन्ट्रिग्रेड) हुने क्षेत्रहरु पुग्न सकिन्छ भने मात्र १ घण्टाको उडानबाट (५ डिग्री सेन्ट्रिग्रेड) हुने क्षेत्रहरु हाम्रै पहुँचमा छन् । कहिले विचार गर्ने हुन् हाम्रा नीति–निर्माताहरुले कि यस्ता सम्भावना भएका क्षेत्रहरु विरलै हुने गर्दछन् ।

यदि हामिले उचित सुविधा एवं पर्याप्त प्रचार गर्ने हो भने विश्वको आधा भन्दा बढि जनमानस भएका विशाल मुलुकका नागरिक पर्यटनले मात्र कस्तो अकल्पनिय परिवर्तन ल्याउन सक्दछ यस्को ज्वलन्त उदाहरण थाइल्याण्ड हो । जसले विश्वकै पर्यटनको २० प्रतिशत भाग ओगटेको छ । यस पर्यटनले उसलाई आँखा नझिम्काउँदै विकसित राष्ट्रको श्रेणीमा उभाई दिएको छ । उसँग यदि समुन्द्र छ भने हामी सँग अपत्याँरिला पर्वत श्रृखलाहरु, कालहरु, नदि नालाहरु , वन्यजिवहरु प्रचुर मात्रामा छन् । उनको नुनिलो पानिलाई हाम्रा अमृतमय जल तरंगहरुले सजिलै हराउन सक्दछन् । आवश्यकता भनेको सोचको परिवर्तन मात्र हो ।

हामी थाइल्याण्ड भ्रमणमा जंगल सफारीमा वस भित्रबाटै अनेक अनेक जिवजन्तुहरु एकदम व्यवस्थित ढंगले राखिएका पाउँछौं । जसले गर्दा त्याहाँ जाने आकर्षण बढ्न जान्छ, तर हाम्रा क्षेत्रका निकुञ्जहरुमा भ्रमण गर्न खोज्दा कहिले हात्ती छैन कहिले मनग्य पैसा तिर्दापनि खानासम्म पनि खुवाउन नसक्ने क्षमता नहुँदा पर्यटनमा ह्वात्तै ह्रास आउँछ । कल्पना गर्नुहोस् यति व्यक्तिगत लगानीका होटलहरु नखुलेका भए आज यत्तिका मानसरोवर यात्रीहरु कसरी नेपालगन्ज आउनसक्थे ? तर ख हाम्रो उपमहानगरपालीकाले ति यात्रीहरुको व्यवस्थापन गर्नको लागि के गरेको छ ? के हाम्रो नीतिमा यसलाई समाविष्ट गर्न सकिन्छ ?

व्यापारिक फर्महरुबाट वार्षिक रुपमा कर उठाउने नगरपालीकाले हालमा सुर्खेत रोडमा ट्रकहरु साँझ ६ बजे देखि विहान ८ बजे सम्म मात्र ट्रक लगाई माल लोड अनलोड गर्ने व्यवस्था गरिदा व्यापारिक हकहितमा कुनै जनप्रतिनिधिले आवाज उठाएको किन सुनिदैन । हाम्रा व्यापार संधका प्रतिनिधिहरु किन मौन छन् ? के राति मालसामान लोड अनलोड गर्दा हाम्रो पुलिस प्रशासन सुरक्षाको प्रत्याभुति दिन सक्षम छ ? कुनै पनि राष्ट्रको विकासको मेरुदण्डको रुपमा रहेको व्यापारलाई तोड्ने कत्सित प्रयास हँुदा यि योद्धाहरुको उद्गार आउन बाँकी नै देखिन्छ ।
अस्ति मात्र मुख्य बजारमा रहेको एक फर्निचर पसलमा आगलागि हुँदा दमकलको लचर प्रदर्शन ले यस क्षेत्रमा कम्तिमा ५ वटा दमकलहरुको आवश्यकता लाई स्थापित गर्दा के यो विचार कसैको योजनामा पर्न सकेको छ ? वर्षायाम आउँदैछ, भर्खरमात्र बनेको मुख्य राजमार्गका दुवै पट्टिको नालाहरु ढक्कनका अभावमा पुरिसकेका छन् । ढक्कन समेत हाल्न लगाउन नसक्ने यि नियमक आयोगहरुमा यि योद्धाहरुले ढल निकासको कुनै ठोस कार्ययोजनाको लेख उल्लेख गरेका
छन् ?

सडकहरु सफा देखिनुमा एक महत्वपूर्ण कारक धुलोको मुख्य स्रोतको रुपमा रहेका डिवाइडरका कच्चा जमिनहरु लाई सिमेन्ट टायलहरुले छोप्न सकिन्छ कि । यस यान्त्रीक युगमा भ्याक्यूम क्लिनर युक्त स्वचालित सर सफाईका यन्त्रहरु को पदार्पण गराउन सकिन्छ कि ?

प्रश्नहरु अनगिन्ति छन् । विचार पुर्याउन आवश्यक देखिन्छ । भोटमाग्न आउने नेता जी हरुका अगाडी आफ्ना क्षेत्रको विकाशमा आवश्यक लागेका सर सल्लाह सुझाव दिदैं जानु नागरिकको कर्तव्य र अधिकार दुवै हो ।

नचुक्नु होला साथीहरु ।
जिन्दगी काँटो का सफर हैं
हौंसला इसकी पहचान हैं ।
रास्ते पर तो सभी चलते हैं
जो रास्ते बनाए , वहि इन्सान हैं ।।

प्रतिक्रिया

प्रतिक्रिया