समून्नत चौकुने बनाउन हुइकदै युवा नेतृत्व

ब्वाईज कट कपाल । जिन्स पैन्ट । टिसर्ट वा कुर्ता बाहिर हाफ ज्याकेट । १५० सिसिको नीलो पल्सर हाँक्दा हेल्मे६ बाहिरबाट अनुमान समेत हुन्न की वहाँ महिला हो । सुर्खेत जील्लाको साविकका घाटगाउँ, गुटु विजौरा, वेतान र लगाम गाविसमा बल्ल बाटो जोडियो तर यातायातका साधन भने बर्षायाममा चल्दैन । तर वहाँको पल्सर न त बर्खा न त हिउँद अप्ठेरो बाटोमा नकुदी सुखै छैन । त्यो दुख वहाँले आफैले रोजेको हो ।

पश्चिम सुर्खेतका चौकुने गाउँ पालिकामा साविकका पाँचवटा गाविस गाभिएका छन् । गाउँ पालिकाको केन्द्रबाट अझै कयौ गाउँटोल पुग्न दिनभर लाग्छ । सुर्खेत आउनुभन्दा यहाँका मानिसलाई कैलाली, डोटी र दैलेखका सिमाका बजारपुग्न सजिलो छ । कर्णाली चिसापानी त झनै नजिकमा पर्छ । यथार्थ यही हो । यही विकट गाविसहरु पुर्नसंरचना भएर बनेको गाउँपालिका चौकुनेलाई सम्मुनत चौकुने गाँउपालिका बनाउने सपना बोकेर मोटरसाईकलमा हुइकिएकाछन यहाँका नवनिर्वाचित युवा नेतृत्व ।

भे ४ प ६९३९, नीलो पल्सर मोटरसाइकल, अनि नीलै हेल्मेट । पश्चिम सुर्खेतको विकट गाउँपालिका चौकुने, जहाँ यातायातका साधनहरु पुग्न मुस्किल छ, बाटाहरु अप्ठायारा छन, कयौ खोल्साहरु पार गरेर गाउँघर पुग्नु पर्नेहुन्छ । त्यही गाउँघरमा छोटो कपाल, ठुलो ज्यान, हाफ ज्याकेट, निलो पल्सर मोटरसाइकल कुदाउने अरु कोही नभएर गाउँ पालिका उपाध्यक्ष निर्मला राना मगर हुनुहुन्छ । अनि वहाँको पछाडि बसेका हुन्छन ठिक्कको ज्यान भएको अर्को एक व्यक्ति, त्यो गाउँघरका अप्ठयारा बाटो छिचोल्दै गाउँघरमा हुइकिरहेका हुन्छन । उनी हुन गाउँ पालिका अध्यक्ष धिर बहादुर शाही ।

जब गाउँघरका आँगनमा लड्दै पड्दै यी दुई पुग्छन मानिसहरु पलाकपुलुक हेर्छन, मुखामुख गर्छन र वरिपरि झुमिन्छन् ।
दुबैजनाको गज्जबको सपना छ, सम्मुनत चौकुने गाउँपालिका बनाउनको लागि । त्यति मात्रै हैन सपनालाई साकार बनाउन योजना पनि छन् । त्यही योजना पुरा गर्नलाई समूदायका मानिसको सहयोग कसरि हुनसक्छ ? छलफलका लागि अहिले विभिन्न गाउँका आँगन–आँगन, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरुको घरदैलोमा मोटरसाईकलमा हुइकिरहेका यी दुई युवा हुन ूचौकुने गाउँपालिकाका अध्यक्ष धिर बहादुर शाही र उपाध्यक्ष निर्मला राना मगर ।

उपाध्यक्ष निर्मला मोटरसाइकल चलाउनु हुन्छ । अध्यक्ष पछाडि बस्नुुहुन्छ । वहाँहरु यसरी नै आवश्यक सरसल्लाह लिन गाउँघर चहार्छन । पहिला देखि नै आफ्नो काम आफैले गर्नुपर्छ र चुनौतीको सामना गर्नसक्नु पर्छ भन्ने निर्मला थापा मगरलाई देख्ने बित्तिकै अनुमान लगाउन सकिन्छ की वहाँको स्वभाव हठ्ठी छ । तर अध्यक्ष धिर बहादुर शाही मुसुक्क हाँसेर उपाध्यक्षलाई अगाडि बढ्न इसारा गर्नुहुन्छ । विहान देखि बेलुकासम्म झन्डै ५० किमी दैनिक नीलो पल्सर मोटरसाइकल हुइकिरहन्छ । जनताका घरदैलो चाहारिरहन्छ ।

गएको बैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा चौकुने गाउँपालिकाबाट अध्यक्षमा धिरबहादुर शाही र उपाध्यक्षमा निर्मला राना मगर बिजयी हुनु भयो । वहाँहरुको राजनीतिक जीवन विद्यार्थी कालदेखि शुरु भएको हो । अध्यक्ष र उपाध्यक्षको उमेरमा पनि धेरै फरक छैन, त्यसैले पनि उहाँहरुको मत बाझिन्न ।

धिर बहादुर शाही साविकको घाटगाँउ गाविसका हुनुहुन्छ भने निर्मला राना मगर साविकको गुटु गाविसको हुनुहुन्छ । अहिले गाउँपालिकाको कार्यालय गुटुमा रहेको छ । चौकुनेको गाउँघर डुल्दा दुवैको एउटै मत छ अवको पाँचवर्षमा ‘सम्मून्नत चौकुने’ गाउँपालीका बनाउने । हसिला धिर बहादुर शाही राजनीतिकर्मी मात्रै हैनन पत्रकार र किसान पनि
हुन । अहिलेपनि उनि सुर्खेतबाट निस्कने फरक बाटो साप्ताहिक पत्रिकाको सम्पादक पनि हुनुहुन्छ, अबको बाटो फरक
रहेपनि उहाँसँग सुचना र चौकुनेलाई कृषीमा कायलपलट गर्ने योजना रहेको छ ।

कृषी मात्रै हैन हाइड्रो देखि सिमेन्ट उद्योगको स्थापना र केहीवर्षमा चौकुने गाउँपालिकाले देशैलाई समृद्ध बनाउने योजना छन् वहाँहरुसँग । अजयराज सुमार्गीको अगुवाईमा चौकुनेमा सिमेन्ट उद्योग स्थापना हुदैछ । जसले चौकुनेको मुहार फेर्ने आशा छ । भर्खरै सञ्चय कोषको लगानीमा बेतान कर्णाली बिद्युत परियोजना बन्ने निर्णय भएको छ । यि दुबै मेघा योजन ाबनेपछी चौकुने पनि बन्नेछ । बिजुली नभएको चौकुने झलमल हुनेछ । अध्यक्ष शाही र उपाध्यक्ष राना दुबै बिश्वस्त हुनुहुन्छ की समुन्नत चौकुनेका लागि राष्ट्रियस्तरका यि ठुला परियोजना कोशेढु्रगा हुनेछन् ।

आफुलाई सहकारी अभियान्ताका रुपमा परिचय दिनपनि मन पराउनुहुने निर्मला राना मगरसँग १३ सय महिलको समूहलाई नेतृत्व गरेको अनुभव छ । यही अनुभवले वहाँलाई गाउँपालिकाको उपाध्यक्ष बन्न उर्जा दिएको छ । उपाध्यक्ष निर्मला राना मगर अध्यक्षको सपनालाई हो मा हो मात्रै थप्नु हुन्न कि महिलाहरु पछाडि परिरहेको अवस्थामा आफ्नो पहिलो प्राथमिकता महिलाको क्षमता अविवृद्धि गर्नु रहेको बताउनुहुन्छ ।

विगत दुइ दशकदेखि महिलाहरुको दैनिकी र समस्यालाई नजिकबाट नियाल्नु भएकी निर्मला राना मगर महिलाको आर्थिक क्षेत्रमा निर्णायक तह र अन्य क्षेत्रमा पनि नेतृत्वमा जानसके विकासका कृयाकलाप सजिलोसँग अगाडि बढ्ने बताउनुहुन्छ । निर्मला आफन्त र परिवारका सदस्यका लागि कान्छी हुनुहुन्छ । समूदायका मानिसले दिदि र म्याडम भनेर सम्बोधन गर्दा खुसीहुने उहाँलाई परिवारको सहयोग सधै रह्यो ।

चौकुने गाउँपालिकाका सामाजिक, साँस्कृतिक रुपमा सबैभन्दा ठुलो चुनौति महिला हिंसा, मादकपदार्थ सेवन, बालविवाह रहेको छ । विकट गाविसमा शिक्षा र सूचना नपाएका यहाँका समूदायलाई परिवर्तन गराउन कै लागि विभिन्न अभियान सन्चालन गर्ने पहिलो प्राथमिकता रहेको छ निर्मलाको । अबको पाँचवर्ष मदिरारहित, हिंसारहित चौकुने गाउँ पालिका बनाउने सपनामा हातेमालो गर्दै हिड्ने धिर र निर्मलाको अभियान सफल होस् । चौकुने गापालाई शुभकामना ।
(हेटौडा निवासी शर्मा हाल नेपालगन्जमा छन्)

प्रतिक्रिया

प्रतिक्रिया