जोखिममा पत्रकार, दिनहुँ संक्रमणबाट ज्यान जाँदै

कोरोना संक्रमणबाट बाँकेका पत्रकार रइस शाहीको निधन भएकैे दिन, अर्का पत्रकार, नेपाल पत्रकार महासंघ, च्यानन नेपाल प्रतिष्ठानका अध्यक्ष शान्तिराम कार्कीको ज्यान गएको छ । कार्कीको कोरोना संक्रमणका कारण ३४ वर्षको अल्पायुमै भएको निधन भएको हो ।

खबर नेपालगन्जका सम्पादक/प्रकाशक रइस शाही


वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिनदेखि काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको कार्कीको स्वास्थ्यमा थप समस्या आएपछि वैशाख २३ गतेदेखि भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो । १४ दिनदेखि उपचाररत कार्कीको शनिबार साँझ आठ बजे उपचारको क्रममा निधन भएको हो ।
नेपालगन्जको खबर नेपालगन्ज डट कमका सम्पादक प्रकाशक शाहीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबारनै निधन भएको थियो । उनी अवधी पत्रकार संघ नेपाल बाँके शाखाका सहसचिव हुन् । लामो समयदेखि पत्रकारितामा समर्पित उनी नियमित रोजगारीका रुपमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्रशासन शाखामा कार्यरत थिए ।
पत्रकार शाहीको निधनमा नेपाल पत्रकार महासंघ बाँके शाखा, नेपाल प्रेस युनियन बाँके शाखा, प्रेस चौतारी नेपाल बाँके शाखा, अवधी पत्रकार संघ नेपाल केन्द्रीय तथा जिल्ला कार्य समिति र अनलाइन पत्रकार संघले शोक वक्तव्य जारी गरेका छन् । नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीका अनुसार, पत्रकारहरु संक्रमित हुने र ज्यान क्रम बढ्दा थालेकाले सचेत भएर काममा रहन अपील गरिएको छ ।

महामारीमा ज्यान गुमाउनु हुने सबैप्रति हाम्रो भावपूर्ण श्रद्धान्जली !!!

प्रतिक्रिया

प्रतिक्रिया