‘खजुरा गाउँपालिका अपाङ्गमैत्री पनि हुनुपर्छ’, अध्यक्ष कक्षपति


समाचारदाता
दैनिक नेपालगन्ज
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले पालिकाले अपाङ्ता भएका व्यक्तिलाई विशेष प्राथमिकता दिइरहेको बताएका छन् ।

खजुरा गाउँपालिका वडा नं. ४ ई गाउँमा शनिवार सहारा अपाङ्ग समूहको कार्यालय उद्घाटन गर्दै अध्यक्ष कक्षपतिले अपाङ्गता भएकाहरुलाई गाउँपालिकाले सुविधा प्रदान गर्दै आएको बताएका हुन् । अध्यक्ष कक्षपतिले जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुलाई घरदैलोमै स्वास्थ्य शिविर र अन्य सेवा पु¥याउँदै आएको बताए ।


अध्यक्ष कक्षपतिले खजुरालाई नमूना गाउँपालिका बनाउने बनाउने अभियान रहेको उल्लेख गर्दै भने, ‘त्यसका लागि गाउँपालिका अपाङ्गमैत्री पनि हुनुपर्छ ।’ उनले खजुरा गाउँपालिका क्षेत्रभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुको तथ्यांक संकलन गरी वर्गीकरणका आधारमा परिचयपत्र वितरण गरेर उनीहरुले पाउने सुविधा प्रदान गर्दै आएको बताए ।


खजुरामा विकासलाई अगाडि बढाउँदै अध्यक्ष कक्षपतिले पूर्वाधार विकासमा कालोपत्रे सडक, बहुउद्देश्यीय सभाहल, शीतभण्डार लगायतका काम अगाडि बढेको बताउँदै जनतासंग गरेका वाचा अनुसारका काममा जनप्रतिनिधि लागिरहेको उल्लेख गरे ।


नेपालमा विकासको फड्को मार्दै अगाडि बढेको सन्दर्भमा जनताले जनप्रतिनिधिको मूल्यांकन गरिरहेको र जनता नै न्यायाधीश रहेको उनले बताए । सहारा समूहका अध्यक्ष झुपबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा समूहलाई सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष तिलकवीर सुनार, स्थानीय राजनीतिक दलका अगुवा, स्थानीय समाजसेवीले अपांगमैत्री गाउँपालिका खजुरा समृद्धिको आधार भएको बताए ।

प्रतिक्रिया

प्रतिक्रिया